कोहलपुरको मनकामना चोक नजिकको धर्मजागरण महा महोत्सवमा २०७९ को दोस्रो दिन भक्तजनहरुको घुंईचो मुल समितिले कथा श्रवण गर्नका लागि आउन आग्रह




भगवती पोख्रेल, कोहलपुर
कोहलपुर नगरपालिका वडा नं २ मनकामना चोक नजिक धर्मजागरण महामहोत्सव सुरु भएको छ । सुसंस्कारित समाज निर्माण गर्नका लागि ख्याती प्राप्त कलाकारद्वारा भजन किर्तन झांकी प्रदर्शन सहित मनकामना कोहलपुर सप्ताह सत्संग धर्मजागरण महोत्सव सुरु गरिएको छ ।


कथा श्रवणको आज दोस्रो दिन मनकामना कोहलपुर सप्ताह सत्संग धर्मजागरण महा -महोत्सव कोहलपुर -२ मनकामना चोक नजिक यहि चैत्र १६ गते देखि २२ गते सम्म भव्य रूपमा भइरहेकोले सम्पूर्णमा हार्दिक आमन्त्रण गरिन्छ । १०८ महायज्ञ संकल्पकर्ता प्रखर विद्वान कोहलपुरको सम्पत्ति कथावाचक गोविन्द शरण महाराजज्युको मुखारवृन्दबाट कथा प्रवचन भएको छ ।
ख्याती प्राप्त कलाकार पन्डित देवेन्द्र उपाध्याय सन्जेलको टिमबाट भजन, किर्तन र झांकी देखाइएको मिडिया संयोजक एकराज शर्माले जानकारी दिए ।  शर्माले कोहलपुर बासिको घरमा रहेका हरेक पितृहरुको बैकुण्ठ बास, स्वर्ग प्राप्ति तथा आफ्न सन्ततिको एवम् घर परिवारको सुख, शान्ति समृद्धि र प्रगति साथै मनोकामना पूरा हुने भइ मनमा भएको भय मुक्त हुनका लागि भागवत कथा र भजन अनिवार्य श्रवण गर्नु पर्ने कुरामा जोड दिदै कथा श्रवण गर्न सम्पूर्ण नगरबासी तथा वडा बासिहरु लाई अनुरोध समेत गरेका छ्न । कथा श्रवणको आज दोस्रो दिन विभिन्न भक्तजनहरुबाट दान गरेका छ्न ।


दान दाता तथा भक्तजनहरुबाट गरिएको दानबाट उठेको रकमबाट ब्रहा मन्दिर निर्माण गरिने मुल आयोजक समितिका सहसंयोजक नारायण प्रसाद शर्माले वताए । ब्रहा मन्दीर निर्माण गर्ने उदेश्यका साथ यो महायज्ञ सुरु भएकोले सम्पूर्ण न्यायप्रेमी दाताहरुमा दान गरि आफ्नो मनोकामना पूरा गरि पुन्य कमाउने अवसर प्राप्त गर्न सकिने मुल आयोजक समितिका सचिव वसन्त देवकोटाले जानकारी दिए ।
४९९ देखि ९९९ सम्म दान पेटिकामा राख्ने, १०००१ देखि १९९९ सम्म रामनमीले सम्मान र नाम वाचन गरिने, २००१ देखि ४९९९ सम्म माथिको सम्मान सहित मन्चमा राखी सम्मान गर्ने, ५००१ देखि ९९९९ सम्म फ्रेम सहितको सम्मान पत्र सहित माथिका सबैले सम्मान गर्ने र मन्दीरको शिलालेखमा नाम लेखिने छ ।  १०००१ देखी १९९९९ सम्म माथिका सम्मान सहित पन्चेबाजा सहितले सम्मान गर्ने, २०००१ देखि ५०००० सम्म माथिका सम्मान सहित उप सभाको सम्मान गर्ने, ५००००१ देखि ९९९९९ सम्म माथीका सबै सम्मान सहित माथीका सबै सम्मान सहित उक्त दिनको सभापति बनाउने र एक लाख भन्दा माथी दान गर्ने दातालाई मुल आयोजक समितिको निर्णय अनुसार सम्मान सहित माथिका सबै सम्मान गर्ने निर्णय भएको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार