माओवादीकाे नेतृत्वमा कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापनाका हुने सुनिश्चित (पत्र सहित)

कोहलपुर ।

कोहलपुरमा नापी तथा मालपोत कार्यालयको शाखा कार्यालय स्थापना हुने भएको छ । माओवादी केन्द्र केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहल तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियतामा नापी र मातपोल कार्यालय कोहलपुरमा स्थापना हुने भएको हो ।

नेपाल सरकारको क्याबिनेटबाट नापी तथा मालपोत कार्यालय स्थापनाकालागि निर्णय भईसकेको र अर्थ मन्त्रालयले समेत श्रोत सुनिश्चित गरि सकेको माओवादी केन्द्रका नेता न्यौपानेले जानकारी दिए ।

अर्थमन्त्री जर्नादन शर्माले कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापनाकालागी आवश्यक बजेट सुनिश्चित गरिदिएका हुन । लामो समय देखी कोहलपुरबासीले उठाउदै आएको माग र मुद्धालाई माओवादी केन्द्रको भुमिसुधार मन्त्री हुँदा टुंगोमा पुर्याउन सफल भएको नेता न्यौपानेले बताए ।

कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना भएसँगै कोहलपुरको आर्थिक गतिबिधी चलायमान हुने अपेक्षा गरीएको छ । यस अधि माओवादी कै पहलमा कोहलपुरमा ईलाका प्रशासन कार्यालय, विद्युत वितरण कार्यालय लागतयका सरकारी कार्यालयहरु स्थापना भईसकेका छन ।