जिल्ला समन्वय समिती रुकुम पश्चिमको उम्मेदवारी दर्ता

सुदाम शर्मा,  पश्चिम ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी गौतमको उम्मेदवारी दिएका छन् । पहिले माओवादी केन्द्रले नेतृत्वमा महिलालाई पठाउने गरेको थियो तर यस पटक भने पुरूषकाे नेतृत्व लिएकाे छ । नेकपा माओवादी केन्द्रको तर्फबाट उपप्रमुखमा देववहादुर कामीको उम्मेदवारी परेको छ ।

गौतम आठबीसकोट नगरपालिका र कामी सानीभेरी गाउँपालिका निवासी हुन् । सदस्यहरुमा माओवादीले चौरजहारी नगरपालिकाबाट रामकुमार गौतम र गीताकुमारी केसी, सानीभेरी गाउँपालिकाबाट शारदा दमाई, त्रिवेणी गाउँपालिकाबाट गीता नेपाली, बाँफिकोट गाउँपालिकाबाट देउभान ओली, मुसीकोट नगरपालिकाबाट मीना बिक र आठबीसकोट नगरपालिकाबाट कृष्णबहादुर यरीलाई उम्मेदवारी दिएका छन् ।

नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित जिल्ला समन्वय समिति बढीमा-९ सदस्यीय हुने व्यवस्था छ । यहि जेठ ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने मिति तोकिएको छ । जिल्ला समन्वय समितिका लागि जिल्लामा जम्मा १२ जना मतदाता रहेका छन् ।

१२ जना मध्यमा नेकपा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना मतदाता रहेका छन् । मतदाता संख्याका आधारमा जिल्ला समन्वय समितिको नेतृत्व माओवादी केन्द्रले गर्ने छ । पहिलो कार्यकालमा पनि जिल्ला समन्वय समितिमा सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।