कोहलपुर । गोरखा युनाइटेड पब्लिक स्कुलका ६ सयभन्दा बढी विद्यार्थीले विज्ञान, गणित, सामाजिक अध्ययन र वातावरणसँग सम्बन्धित सिर्जनात्मक परियोजना तथा नमुना प्रदर्शन गरेका छन्। कक्षा केजीदेखि ३ सम्मका विद्यार्थी सहभागी शैक्षिक प्रदर्शनीमा करिब १ हजार अभिभावकले अवलोकन गरेका थिए।
शनिबार आयोजित प्रदर्शनीको उद्घाटनमा स्कुलका अभिभावक–शिक्षक संघका सदस्य डा. सुबास पाण्डे र अञ्जना पाण्डेले गरेका थिए।
विद्यार्थीले शिक्षकको सहयोग र मार्गदर्शनमा तयार गरेका विभिन्न मोडल तथा परियोजना प्रदर्शनीमा राखेका थिए। विद्यार्थीले आफ्ना सामग्रीबारे अभिभावक तथा आगन्तुकलाई आत्मविश्वासका साथ जानकारी दिएका थिए।
विद्यालयका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य परियोजना कार्यमार्फत विद्यार्थीलाई व्यवहारिक रूपमा सिक्ने अवसर प्रदान गर्नु र यस्ता गतिविधिले विद्यार्थीमा सिर्जनशीलता, सोच्ने क्षमता र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने गोरखा युनाइटेड पब्लिक स्कुलकी प्रिन्सिपल साधना थापाले जानकारी दिइन ।
उनका अनुसार हाम्रो मुख्य ध्येय बालबालिकाहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूमा खोज, अनुसन्धान र सिर्जनशीलताको विकास गराउने बताइन । विद्यार्थीहरूले आफैँ बनाएका मोडेल र कलाकृतिहरूले उनीहरूको सिकाइप्रतिको लगाव र उत्साहलाई स्पष्ट रूपमा देखाएको उनकाे भनाइ थियाे ।
यस्तै गोरखा युनाइटेड पब्लिक स्कुलका प्रशासकिय अधिकृत कर्ण बस्नेतले पुस्तकको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूप दिन यस्ता प्रदर्शनीहरू अत्यन्तै प्रभावकारी हुने बताए । उनका अनुसार विद्यार्थीहरूभित्र लुकेर रहेको प्रतिभा, नवप्रवर्तन र सिर्जनशीलतालाई प्रस्फुटन गराउन सराहनीय भूमिका खेल्ने छ भने यसले बालबालिकालाई भविष्यमा प्रतिस्पर्धी र व्यावहारिक बनाउन ठूलो मद्दत पुर्याउने उनकाे भनाइ थियाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

























प्रतिक्रिया दिनुहोस्