काठमाण्डाैं । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास आरोपमा भारतीय नागरिक २५ वर्षीय काथराम निथिनलाई पक्राउ गरेका हो ।
निथिनबाट २६ थान मोबाइल, २ थान ल्यापटप, एनसेलको ७७ थान सीम, एनटीसीको १८ थान सीम, भीओआईपीका लागि चाहिन अन्य उपकरणहरू बरामद भएका छन् ।
उनले भरतपुर महानगरपालिका–२ आँपटारीमा निर्मला बिष्टको घरमा बसेर भीओआईपी सञ्चालन गरेको आरोप छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार














प्रतिक्रिया दिनुहोस्