२१०० मत गणना हुँदा देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?




नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा कल्याण गुरुङले ७ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार