कोहलपुर नगरपालिका : जनप्रतिनिधि–कर्मचारीको ३ देखि ७ दिनको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा




कोहलपुर । कोहलपुर नगरपालिकाले हालैको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ।

भदौ १३ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो पद तथा तहअनुसार न्यूनतम ३ दिनदेखि अधिकतम ७ दिनसम्मको पारिश्रमिक तथा सेवा–सुविधा बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको खोज तथा उद्धारलाई तीव्र बनाउन टोलीसमेत परिचालन गर्ने जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार