काठमाडौं । बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् । उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए ।
रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ । उद्धारका लागि सुरक्षाकर्मी खटिए पनि यकिन विवरणहरू पाउन बाँकी छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार















प्रतिक्रिया दिनुहोस्