गन्दर्भ र विपन्न दलित परिवारलाई कोहलपुर नगरपालिकद्वारा सामुहिक आवास हस्तान्तरण (फाेटाे फिचर)

२ करोडको लागतमा तीन कोठाको भवन र शौचालय सहित २० जना घरपरिवारलाई हस्तान्तरण गरिएको थियो ।

कोहलपुर ।

कोहलपुर नगरपालिकाले गन्दर्भ तथा विपन्न दलित परिवारलाई आवास घर हस्तान्तरण गरेको छ । मंगलबार एक औपचारीक कार्यक्रम गरी गन्दर्भ तथा विपन्न दलित परिवारलाई आवास घर हस्तान्तरण गरेको हो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, कार्यपालिका सदस्य दिल बहादुर परियार, कल्पना अधिकारी, ११ वडा अध्यक्ष कर्ण बहादुर थापाले हस्तान्तरण गरेका थिए ।

यस्तै हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले गन्दर्भ र विपन्न दलित परिवाहरुलाई सधैको लागि स्थायीत्व प्रदान गर्ने गरी आवास दिएको बताउनुभयो । ‘कोहलपुरमा गन्दर्भ र विपन्न दलितहरुको लागि भनेर बजेट आएको होइन्,’ उहाँले भन्नुभयो, यो कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुको देन हो । फेरी पनि गन्दर्भ र विपन्न दलित परिवारका लागि आयआर्जनको निम्ती कार्यक्रम आएको नगर प्रमुख रावत बताउँछन् ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकि अधिकृत टिकाराम ढकालले कोहलपुर नगरपालिकाले माछा दिँदैन तर माछा मार्ने छाली दिन्छ, कोहलपुर नगरपालिकाले नदिबाट माछा ल्याएर दिँदैन तर नदि सिकाइदिन्छ त्यसमा काम गर्ने तपाईहरु हो उहाँले बताउनुभयो । ‘अहिले कोहलपुर नगरपालिकाले आवासको व्यवस्था गर्‍र्र्यो फेरी आर्यआर्जनको कार्यक्रम छ त्यसबाट जिविकोपार्जन हुने विश्वास दिलाउन चाहान्छौं, ‘२ करोडको लगानीमा २० वटा भवन बनेका छन्, त्यसमा शौचालय सहितको बनेको छ यो अन्य पालिकाभन्दा नमूना काम हो ।’ उहाँले भन्नुभयो ।

यस्तै आवास घर हस्तान्तरण भएपछि कल्पना गन्दर्भले कोहलपुर नगरपालिका हाम्रो लागि भगवान जस्तै आयो, हामी अहिले धरै खुसी छौं उहाँले भन्नुभयो । ‘पहिले डुडुवाको किनारमा वर्षायाममा घरखेत सबै लगेपछि सबैको घरघरमा गएर माग्दै गुजारा चलाएका थियौं तर हाम्रो सम्पती केही थिएन, अभिभावकको भूमिका पाएका थिएनौ तर अहिले पायौं’ उहाले भन्नुभयो ।