Kohalpur Today Header Ads

नेपालगञ्जका १२ वटा वडालाई बालविवाहमुक्त घोषणा




नेपालगञ्ज उप–महानगरपालिकालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । उप–महानगरपालिकाका आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई वालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई वालविवाहमुक्त वडा घोषणा गरिएको हो । नगरका २३ वडालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएपछि उप–महानगरपालिकालाई नै वाल विवाहमुक्त पालिका घोषणा गरिएको हो ।

घोषणासभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई वाल विवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको जानकारी दिँदै फागुनभित्रै वाल विवाह मुक्त घोषणा गर्ने नेपालगञ्ज उपमहानगरपालिकालाई १० लाख पुरस्कार प्रदान गरिने बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले चुनौतीकाबीचमा पनि नगरलाई वाल विवाहमुक्त घोषणा गर्न सकिएको बताइन् । उनले घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् । घोषणामा साथ र सहयोग गर्ने सबैलाई उनले आभार ब्यक्त गरिन् । घोषणाअघि गरिएको सर्भेक्षणमा नेपालगञ्जमा ५.७७ प्रतिशत मात्रै वालविवाह भएको पाइएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार