पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमले पर्यटकीय गतिविधि बन्द




समुद्री आँधी टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि त्यहाँको प्रशासनले विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरेको छ ।

समाचार संस्था एपीका अनुसार आँधीको अधिकतम निरन्तर हावाको गति झण्डै १६२ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान छ । आँधीसँगै अत्यधिक वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने चीनको मौसम विभागले जनाएको छ ।

टाइफुन भोलि राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान छ । चीनको प्रमुख आर्थिक सहर साङ्घाई पनि आँधीको सम्भावित मार्गमा रहेको छ । टाइफुनको जोखिमलाई ध्यानमा राख्दै झेजियाङ प्रान्त प्रशासनले तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेको छ । चीनको चार तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो ।

झेजियाङ प्रान्तका सबैजसो पर्यटकीय स्थल शनिबार र आइतबार बन्द गरिएको छ । फेरि तथा क्रुजलगायत पानीमा सञ्चालन हुने सबै गतिविधि पनि रोकिएको छ । निङ्बो शहरमा विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार