काठमाण्डाै। युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ । राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै अस्ति मङ्गलवार भएको घटनामा २७ वर्षीय खेलाडीको ज्यान गएको बीबीसीले जनाएको छ ।
ओवोरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए । उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भएका उनको उपचारका क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ ।
ओवोरी युगान्डाको ‘स्पोर्ट्स क्लब भिल्ला’ का कप्तान थिए । उनकै कप्तानीमा क्लबले सन् २०२४ मा लिग उपाधि जितेको थियो ।
यो घटनापछि युगान्डामा बढ्दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ ।
केही हप्ताअघि रग्बी खेलाडी सिड्नी गोङ्गोडियोको पनि यसरी नै हत्या भएको थियो । उनीमाथि पनि राजधानी कम्पालमा भीडले घातक आक्रमण गरेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्