बाँसगढी महोत्सवमा २४ गते नायिका पुजा शर्मा, गायक प्रमोद खरेल आउदै

रावन विश्वकर्मा,

वाईवाई पाँचौ बाँसगढी महोत्सवमा २४ गते नायिका पुजा शर्मा आउने भएकी छिन् । बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवमा फागुन २४ गते मंगलबार नेपाली चलचित्र जगतकी उदयमान नायिका पुजा शर्माको आगमन हुने मेला आयोजक समितिले जनाएको छ । उनले अभिनय गरेको नेपाली चलचित्र म यस्तो गित गाँउछु २ पनि अहिले हलमा लागिरहेको छ ।

नेपाल सिनेमा क्षेत्रमा सफल नायिकाको रुपमा समेत पुजा शर्मा परिचित छिन् । त्यस्तै मंगलबार नै नायक प्रमोद खरेल, सोमु कुश्मी, आर के थारु लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेला प्रचार प्रसार उपसमिति संयोजक एकनाराण अधिकारीले जानकारी दिनुभयो । बिशेष युवा पुस्ताको ढुकढुकी आधुर्निक गायक प्रमोद खरेल सयौँ सुपर हिट गितहरुमा आफ्नो आवाज दिई सबैको मन जिति सकेका गायक हुन् ।

मेला महोत्सवमा सदाभार देखी गायक प्रमोद खरेल २४ गते मंगलबार बाँसगढी महोत्सवमा पनि आउने भएका हुन् । मेलामा सोमबार गायिका सम्झना भण्डारी, गायक चिज गुरुङ्ग, नरेश जोगी, विना थारु लगायत राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

यहि फागुन १६ गते देखी सुरु भएको महोत्सव यहि फागुन २६ गते समापन गरिने मेला मुल आयोजक समितिका संयोजक तथा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिङ थारुले जानकारी दिनुभयो । महोत्सवमा सर्वसाधरणलाई ८० र विद्यार्थीहरुका लागि ५० रुपैया प्रवेश शुल्क राखिएको छ । “घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने मुल नारा सहित वाई वाई पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सव आयोजना गरिएको हो ।