Kohalpur Today Header Ads

जेठ १० गतेदेखि यार्सागुम्बा संकलन गर्न पाइने




आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गरिने भएको छ। आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए।

यार्सागुम्बा सङ्कलनका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने भएको हो। यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरिएको छ।

LIfe Ok

निकुञ्जभित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई पाँच सय (क) वर्ग, डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार (ख) वर्ग र जिल्ला बाहिरकालाई तीन हजार (ग) वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ।

मध्यवर्ती क्षेत्र र जिल्लाभित्रका बासिन्दालाई प्रवेश शुल्कका लागि अनिवार्य परिचयपत्र देखाउनुपर्नेछ। यदि नदेखाएमा (ग) वर्गकै प्रवेश शुल्क काटिनेछ।

यार्सागुम्बा सङ्कलनका लागि जेठ ५, ६ र ७ गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाइसक्नु पर्नेछ। यार्सापाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा निषेध गरिने निकुञ्जले जानकारी दिएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार