रावन विश्वकर्मा,
बर्दियाको बाँसगढीमा सञ्चालित वाईवाई पाँचौ बाँसगढी महोत्सवमा शनिबार भिडभाड देखिएको छ । यहि फागुन १६ गते देखी सञ्चालनमा आएको महोत्सवमा शनिबार दर्शकहरुको उपस्थिति बाक्लो रह्यो । महोत्सवको छैटौ दिन दर्शकहरुले महोत्सव स्थल भरिभराउ थियो । शनिबार महोत्सवमा झण्डै १० हजार बढी दर्शकहरुको उपस्थित रहेको महोत्सव मुल समिति संयोजन तथा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिङ थारुले बताए । राष्ट्रिय कलाकार रमेशराज भट्टराई र चक्र बमले मेलाको माहोल झनै गर्मागमि बनाए ।
उनीहरुले आफ्ना चर्चित गितहरु गाएर दर्शकहरुलाई व्यापक मनोरञ्जन दिए । त्यस्तै मोडल सम्झना कुश्मीको प्रस्तुति पनि कम रहेन । महोत्सवमा भोली आईतवार २२ गते नेपाली चलचित्रका नायक आर्यन सिग्देल आउने प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले जानकारी दिनुभयो । चलचित्र जगतका चक्लेटी हिरो भनेर आफ्नो छुटै पहिचान बनाएका नायक सिग्देल बाँसगढी महोत्सवमा पहिलो पटक आउने भए पछि आईतबार पनि दर्शकहरुको बाक्लो उपस्थिति रहने आयोजले जनाएको छ ।
आईतबार नायक आर्यन सिग्देल, गायक राज कुश्मी, मोडल सदिक्षा चौधरी लगायत डान्स आईडल सँगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रसार प्रसार उपसमिति संयोजक अधिकारीले जनाए । “घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा यहि फागुन १६ गते देखी सञ्चालनमा आएको महोत्सव फागुन २६ गते सम्म चल्ने छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्