
सुनिसा चन्द । बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको पञ्चमुखी ईमि स्कुलका कक्षा १० का विद्यार्थीहरुलाई भव्य रुपमा विदाई गरेका छन् ।
शनिबार कक्षा ९ मा अध्ययनरत सन्धा बुढाथाेकीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रविलाल मिजारको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई भव्य विदाई कार्यक्रम गरिएको थियो ।
प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रविलाल मिजार उद्घाटन गर्दै विद्यार्थीहरुलाई हौसलाको जरुरत पर्ने उनको भनाई थियो ।
‘विद्यार्थी सफल हुन पहिले अनुशासन आवश्यकता पर्दछ’, उनले भने, ‘अनुशासन मुल मेरुदण्ड हो ।’ अभिभावक र शिक्षक भनेका बाटो देखाउने काम गर्दछन तर मेहनत, परिश्रम, लगनशिलता विद्यार्थी आफै स्वयम् लाग्नुपर्ने उनको भनाई थियो ।

यस्तै पञ्चमूखी ईमि स्कुलका एमडी किशोरराज मल्लले ढुक्क भएर परिक्षामा सामेल भएर उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।
विद्यालयमा प्रविधिमैत्री, बालमैत्री, अतिरिक्त क्रियाकलाप, स्मार्ट बोर्ड, कम्प्यूटर ल्याब, शुद्ध खानेपानी लगायत अत्याधुनिक सेवा र सुविधा सहित शिक्षा प्रदान गरेको एमडी मल्लले बताए ।
मल्लले कक्षा १० मा अध्ययनरत ४६ जना विद्यार्थीहरुलाई आउदै गरेको एसईइ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पञ्चमुखी विद्यालयका प्रिन्सिपल डिल्लीराज घिमिरेले सफलता पाउन निकै कठिन परिश्रम र मेहेनत गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै कार्यक्रममा समाजसेवी बालकुमार शर्माले विद्याथीहरुको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मायाको चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफुहरु जहाँ र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहिरहने बताएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्