
कोहलपुर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका— १८ मा रहेको यूरो वेवी जोन स्कुलले १० औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
शनिबार यूरो वेवी जोन स्कुलका अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका १८ का वडा अध्यक्ष दिपक कुमार बर्माको प्रमुख अतिथ्यतामा १०औं वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।
वार्षिकोत्सवमा बोल्दै वडा अध्यक्ष बर्माले बालबालिहरु घर, समाज र देशको भविष्य हुन्, प्रारम्भिक अवस्थादेखि नै व्यवहारिक र आधुनिक शिक्षा प्रदान गर्नुपर्ने बताए । ‘आजको प्रतिस्पर्धात्मक युगमा गुणस्तरीय शिक्षासँगै नैतिकता, अनुशासन र सिर्जनशीलता सिकाउनु अत्यन्त आवश्यक छ’ उनले भने, ‘विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीहरूको सार्वङ्गिक विकासका पक्षमा काम गर्नुपर्छ ।’ अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबीचको सहकार्यले मात्र उत्कृष्ट शैक्षिक वातावरण निर्माण हुने उल्लेख गर्दै वडा अध्यक्ष बर्माले स्थानीय सरकार सधैं शिक्षाको गुणस्तर र प्रभावकारीका पक्षमा कटिबद्ध रहेको बताए ।

यस्तै यूरो वेवी जोन स्कुलका अध्यक्ष बामदेव न्यौपानेले नेपालगञ्जमा गुणस्तरीय र प्रभावकारी शिक्षा दिँदै आएरहेको बताए । पछिल्लो प्रतिस्पर्धात्मक युगमा यूरो वेवी जोन स्कुलले केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक, प्रविधिमैत्री र जीवनोपयोगी सीपहरू पनि प्रदान गर्दै आइरहेको बताउँदै विद्यार्थीहरूमा आत्मविश्वास, नैतिकता र नेतृत्व क्षमताको विकास समेत प्रदान गरिरहेको न्यौपानेले बताए ।

वार्षिकोत्सव कार्यक्रममा स—साना बालबालिकाहरुले ४२ किसिमका नृत्य, फेसन सो, नाटक, रोलपिल्ले विभिन्न साँस्कृतिक झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा यूरो वेवी जोन स्कुल नेपालगञ्जका प्रबन्ध निर्देशक कमल पछाई, यूरो वेवी जोन स्कुलकी प्रिन्सिपल निर्जला श्रेष्ठ र यूरो स्कुल कोहलपुरका प्रिन्सिपल पुरुषोतम शर्मा लगायत अन्य समाजसेवी, बुद्धिजीवी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्