बागेश्वरी बहुमुखी क्याम्पस : ११ लाखमा बन्ने भो शुलभ शौचालय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा शुलभ शौचालय बन्ने भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल र कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले संयुक्त रुपमा उद्घाटन गरी निर्माण कार्य सुरु भएको थियो ।

पूूर्व मन्त्री पौडेलले बागेश्वरी क्याम्पस कोहलपुर क्षेत्रको मात्र होइन सातै प्रदेशको महत्वपूर्ण क्याम्पस रहेको बताइन् । ‘कोहलपुरमा नेपालका ७ वटै प्रदेशका बासिन्दाहरु बस्ने गरेका छन्, उनले भीनन्, ‘सरकारी क्याम्पसहरुमा गरिब, जेहेन्दार, विपन्न, जनजाति र पिछडिएका वर्गहरु अध्ययन गर्ने क्याम्पस हो ।’ यस क्याम्पसमा शौचालयको लागि प्रदेश साँसद कोषबाट १० लाख सहयोग गरेको र अझै थप कोहलपुर नगरपालिकाले विकास र समृद्धिमा विशेष रुपमा ध्यान दिनुपर्ने पूर्व मन्त्री पौडेलले बताइन् ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले क्याम्पस यो स्थान सम्म ल्याउनका लागि कस्ले के गरेको त्यसको इतिहास र बुलेटिन प्रकाशन गर्न अनुरोध गरे । ‘क्याम्पसको स्थापनाकालदेखि अहिलेसम्म कस्ले कुन सहयोग कस्तो पहल गरको थियो भन्ने किसिमको बुलेटिन प्रकाशन गर्नुपर्दछ’ उनले भने, ‘भौतिक संरचना, विभिन्न संकाय र अहिले विश्व विद्यालयमा लिनका लागि कोहलपुरका राजनितिक दलका प्रतिनिधि, समाजसेवी, व्यापारी र उद्योगीहरुको महत्वपूर्ण भूमिका छ ।’ यसलाई जोगाउन र निरन्ता दिनका लागि यस्तो किसिमको योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै क्याम्पस प्रमुख दान बहादुर हमालले सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए । उनका अनुसार विद्यालयको गुणस्तरीय शिक्षा संगसंगै भौतिक संरचनाको आवश्यक रहेको बताए । बागेश्वरी क्याम्पस आंगिक क्याम्पसको रुपमा स्थापित भएको छ यसको महत्पूर्ण भूमिका विव्यस अध्यक्ष नरेन्द्र न्यौपाने, पूर्व अध्यक्ष होम प्रकाश सुवेदी, पूर्व क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, प्रध्यापक ज्यू लयागत अन्य यहाँका सम्पूर्ण अध्यक्ष पदाअधिकारीहरुले सहयोग गर्नुभएको भन्दै विशेष धन्यवाद दिएका थिए । पूर्व मन्त्री आरती पौडेललको प्रत्यक्ष पहलमा शुलभ शौचालय बन्न लागेको बताए । शुलभ शैचालयको लागि प्रदेश सरकारबाट १० लाख र कोहलपुर नगरपालिकाको १० प्रतिशत गरी ११ लाखमा यो शैचालय बन्न लागेको क्याम्पस प्रमुख हमालले बताए ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पसकाे पाठ्यक्रम विभाग प्रमुख एक राज शर्माले कार्यक्रम संचालन गरेका थिए ।