
बैजनाथ । बैजनाथ गाउँपालिका–६ लालपुरमा अन्डर–१४ को दोस्रो नेशनल प्याब्सन बाँके फुटबल कप-२०८२ मा ८ वटा विद्यालयहरुले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिनमा ८ टिम विच निकै रोचक प्रतिस्पर्धा भएको थियो ।
पहिलो दिनमा भएको खेलमा गुरास चाइल्ड एकेडेमी, हिमालय विद्या निकेतन, सम्झना लिटिल एकेडेमी, कोहलपुर बागेश्वरी ईमि स्कुल, स्काईल्याण्ड ईमि स्कुल, बाके फ्यूचर स्टार, फुलबारी एजुकेसन एकेडेमी र वेस्र्टन ईमि स्कुलले विजयको सुरुवात गरेका हुन् ।
बिहिबार “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन शिक्षा विकास तथा समन्वय एकाई प्रमुख धनसुुदन चौलागाँइले उद्घाटन गरेका हुन् ।
यस्तै विजेता टोलीलाई नगद २५ हजार रुपैयाँ, उपविजेतालाई १५ हजार रुपैयाँ तथा सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नेशनल प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा बाँके जिल्लाका २५ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्