Kohalpur Today Header Ads

यूरो स्कुल कोहलपुरमा दोस्रो हजुरबा हजुरआमा समारोह (फाेटाे फिचर)




कोहलपुर । कोहलपुर नगरपालिका १० रामनगरमा रहेको यूरो स्कुल कोहलपुरमा दोस्रो हजुरबा हजुरआमा समारोह गरिएको छ । सोमबार विद्यालयका संस्थापक कमल पछाईको सभापतित्वमा भएको समारोहमा जेष्ठ हजुरबुवा तथा अभिभावक नवराज शर्माको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।

समारोहमा प्ले ग्रुपदेखि कक्षा ६ सम्मका बालबालिकाले आफ्नो कला, क्षमता, नाटक, नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रस्तुत गरेका थिए ।

LIfe Ok

कक्षा ४ देखि ६ कक्षा सम्मका बालबालिकाहरुले मोवाइल चलाउँदा र मोवाइल नचलाउँदा के फरक हुने र अघिल्लो पुस्ताले जस्तो ग¥र्यो पछिल्लो पुस्ताले पनि सोही व्यवहार जनाउने भन्दै नाटक प्रस्तुत गरेका थिए ।

संस्थापक पछाईले हजुरआमा हजुरबुवा र नातिनातिनाहरूले विगतलाई भविष्यसँग जोड्ने प्रेमको पुलको रुपमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम गरेको बताए ।

‘हजुरबा हजुरआमा दिवसको उत्सवमा प्रेम, सम्मान र मिठा सम्झनाले भरिएको दिन मान्दछौं, उनले भने, ‘परिवारसँगको गहिरो सम्बन्धलाई बढाउँछ र बलियो बनाउँछ ।’

हजुरबा हजुरआमाले म्यूजिकल चियर, बास्केट बल र तातो आलु जस्ता मनोरञ्जन हुने किसिमका रमाईलो प्रतियोगिता गराएको यूरो स्कुलका प्रिन्सिपल पुरुषतम शर्माले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

यस्तै नेपालगञ्ज यूरो स्कुलका प्रिन्सिपल निर्जला श्रेष्ठले साँवाको भन्दा व्याजको माया लागे जस्तै हजुरबुवाआमाले आफ्ना नातिनातिनाको माया असाध्यै गाढा हुने बताउँदै सो माया ममतालाई शिक्षामा परिर्वन गरी अगाडी बढ्न सहज बनाउन यो कार्यक्रम गरिएको बताइन् ।

यस्तै दोस्रो हजुरबा हजुरआमा समारोहमा क्रिसा बाँके, नेशनल प्याब्सन बाँकेबाट उत्कृष्ट र सहभागि भएका विद्यार्थीहरुलाई समेत मेडल सहित सम्मान गरिएको थियो । समारोहमा करिब २ सय ५० बढि हजुरआमाहजुरबाहरु आउनुभएको थियो ।

 

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार