
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् ।
निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’
उनले थपे, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन । कसैलाई प्रतिशोध राखिंदैन ।’
सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्