कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर साना किसान कृषि सहकारी संस्था लि. कोहलपुरको १५औं वार्षिक साधारण सभा कार्यक्रम गरेको छ ।
शनिबार लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमूना’ को प्रमुख अतिथि तथा कोहलपुर साना किसान कृषि सहकारीका अध्यक्ष जानकी पुनको अध्यक्षतामा १५औं वार्षिक साधारण सभा कार्यक्रम गरेको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य ‘नमूना’ ले सहकारीप्रति नकारात्मक र अफवाह फैलाएपछि आमनागरिकहरुको सोच र मनोभावनालाई उच्च बनाउन यो सहकारीले अहम भूमिका खेलको बताइन् ।
‘पछिल्लो समयमा विश्वासको खडेरी छ, ठुला पद गरेका व्यक्ति होइन’, उनले भनिन्, ‘चोखो आत्म र पवित्र मन भएका व्यक्तिहरुको आवश्यकता छ ।’ इमान्दारिता र निश्चल हृदयबाट काम ग¥र्यौ भने समृद्धिको बाटो तय गर्न सक्षम हुने बताइन् ।

लुम्बिनी प्रदेशका सहकारीहरुलाई आफ्नो क्षमताले भ्याएसम्म सहकारीहरुलाई अनुदानको माध्यमबाट सहयोग गरेको र आगामी दिनमा पदमा भए वा नभए पनि सहकारीहरुलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै वार्षिक साधारण सभामा कोहलपुर साना किसान कृषि सहकारी संस्था लि. कोहलपुरका अध्यक्ष जानकी पुनले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
पुनले सागठनिक संरचना, लगानी असुली, निक्षेप संकलन, पाउनुपर्ने व्याज र भाखा नाघेका ऋण, समवेदन व्यक्त, अन्तरसंस्थान गरेका काम, क्यालेण्डर, कोषको बाँडफाँड, बैंकमा मौज्दाता रकम र गत आर्थिक वर्षमा नाफा र नोक्सानको सम्पूर्ण विवरण प्रतिवेदनमा उल्लेख गरेकी थिइन् ।

साना किसान कृषि सहकारी संस्था लि. कोहलपुरकी अध्यक्ष पुनले गत आर्थिक वर्षमा १८ करोड ५५ लाख ८ हजार ३ सय ९९ कारोबार गरेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । पुनले कुल ६१ लख ३९ हजार ४ सय ४३ रुपैया मूनाफा भएको र आगामी दिनमा अझै थप मुनाफा हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सहकारीकी अध्यक्ष पुनले सहकारीको निति तथा कार्यक्रम समेत प्रस्तुत गरेकी थिइन्, जसमा शेयर सदस्यलाई क्षमता बृद्धिका लागि सहकारी शिक्षा र वित्तिय साक्षरता तालिम प्रदान गर्ने, रेमिट्यान्स र आई.ए.मी सञ्चालन गर्ने, दाना मल, कृषि औजार, खरिद विक्रि गर्ने, तिन वर्षे व्यासायिक योजना अनुसार काम गर्ने, साहारा बचत तिब्र गतिमा बढाउने, स्वास्थ्य शिविर र सामाजिक सामुदायिक कार्यक्रम गर्ने प्रतिवेदनमा प्रस्तुत गरेकी थिइन् ।

साधारण सभामा लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि. का उपाध्यक्ष देव बहादुर वली, राष्ट्रिय सहकारी महासंघ लि. सञ्चालक सदस्य प्रेम सुवेदी, साना किसान लघुवित्त वित्तिय संस्था लि शाखा कार्यालयका वरिष्ठ अधिकृत विदुर अर्यालले आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभामा १८ जना उत्कृष्ट शेयर सदस्य सम्मानित
कोहलपुर साना किसान कृषि सहकारी संस्था लि. कोहलपुरको १५औं वार्षिक साधारण सभामा १८ जना सम्मानित भएका हुन् । जसमा शेयरमा जानकी पुन, बाल बचतमा प्रसुन टन्डन, समूह बचतमा ३६ समूह र सञ्चालकमा करुणा कुमार शर्मा सम्मानित गरिएको थियो ।
यस्तै उत्कृष्ट कर्मचारीमा बालिका शर्मा, गाईपालनमा सुस्मा डाँगी क्षेत्री, भैसीपालनमा राज कुमार थारु, बाख्रापालनमा उमृता बोहरा, कुखुरापालनमा मंगली श्रेष्ठ, फ्रेस हाउसमा कालिका थापा, तरकारी खेतीमा कुन्नी थरुनी, व्यूटीपालरमा सुजाता पौडेल, डेरी उद्योगमा शारदा खतिवडा, टेलरमा सविता थारु, मिल सञ्चालकमा रुपा खत्री, ऋणीमा लक्ष्मी पौडेल, जेष्ट सदस्यमा राम कली वि.क रहेका छन् ।
सम्मानित हुनेहरुलाई ५ हजारदेखि २५ सय सम्मको नगद पुरस्कार सहित व्यवसाय अनुसारका सामाग्री उत्कृष्ट शेयर सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्