
कोहलपुर । बैजनाथ गाउँपालिका—५ मा रहेको हिमालय विद्या निकेतनमा साप्ताहिक उर्जाध्यान शिविर गर्न लागेको छ ।
‘सुख, शान्ति र समृद्धि’ मूल नाराका साथ भोली (शुक्रबार) देखि विहान ५ बजेदेखि ६ः ३० सम्म विद्यालयको प्राङ्गणमा साप्ताहिक उर्जाध्यान शिविर हुन लागेको हो ।
कोहलपुर जिवनयोग प्रयोगशलाको सहकार्यमा साप्ताहिक उर्जाध्यान शिविरबाट बालबालिकाहरुमा जागरण ल्याउने र स्वस्थ जीवन यापन गर्न सिकाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हिमालय विद्या निकेतनका प्रिन्सिपल राम शर्माले जानकारी दिए ।
हाम्रो मुख्य उद्देश्य भनेको मानिसलाई स्वस्थ जीवन यापन गर्न सिकाउने र योग सम्बन्धी जागरण ल्याउने हो, सोही अनुसार योग शिविर गरेको शर्माले बताए । शिविरमा भानु गुरुदेव र रमेश गुरुदेवले प्रमुख प्रशिक्षण हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्