एनपीएलः पहिलो खेलमा जनकपुर र काठमान्डु भिड्ने




आज प्रकाशिक गरिएको खेल तालिकामा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच पहिलो खेल आगामी सोमबार दिउँसो ४ बजे सुरु हुनेछ।

सार्वजनिक गरिएको ड्रमा १ मंसिर अर्थात १७ नोभेम्बरमा एक मात्र खेल हुनेछ। त्यसपछि दोस्रो दिन दुई खेल हुँदा त्यसपछि तीन दिन लगातार एक–एक मात्र खेल हुनेछ।

प्रतियोगिताको पहिलो क्वालिफायर डिसेम्बर ९ अर्थात २३ मंसिरमा हुँदा २४ मंसिरमा एलिमिनेटर चरणको खेल हुनेछ। दोस्रो क्वालिफायर ११ डिसेम्बर अर्थात २५ गते हुनेछ। प्रतियोगताको फाइनल मंसिर २७ गते शनिबार हुनेछ।

प्लेअफका सबै खेल फ्लडलाइटमै हुनेछन्। प्रतियोगिताको फाइनल ३:३० बाट सुरु हुँदा अन्य प्लेअफका खेल भने ४ बजे हुने कार्यतालिका रहेको छ।

त्यसअघि समूह चरणका खेल दुई खेलको तालिका हुँदा पहिलो खेल ११:४५ मा सुरु हुनेछ भने अर्को खेल ४ बजे हुने कार्यतालिका रहेको छ। सबै खेल टियू मैदान कीर्तिपुरमा हुनेछन्।

यस्तो छ खेल तालिका

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार