इलाका प्रशासन कार्यालय काेहलपुरमा फर्निचर र कम्प्यूटर नभएपछि सेवा प्रभावित




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय कोहलपुरमा फर्निचर र कम्प्यूटर नभएकै कारणले सेवा प्रभावित्त भएको छ ।

देशभरी भदौं २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनबाट इलाका प्रशासन कार्यालयको संरचना, फर्निचर, कम्प्यूटर तोडफोड र आगजनी भएपछि अहिले सेवा प्रवाह प्रभावित भएको हो ।

इलाका प्रशासन कार्यालय कोहलपुर प्रमुख अन्तिम सिजालीले विरोध प्रर्दशनमा लिइएका सामानहरु र्फिता गरिदिनुहुन अन्तिम सूचना जारी गरिएको बताइन् ।

‘तोडफोड र आगजनी हुँदा बखत इलाका प्रशासनका फर्निचर र कम्प्यूटर लिनुभएको महानुभावहरुले सूचना प्रकाशित भएको ७ दिन भित्र बुझाउँदा राम्रो हुनेछ’, उनले भनिन्, ‘कुनै कारणले ७ दिन भन्दा पछि कार्यालयले खोजी कार्य तिव्र रुपमा लिनेछ ।’ सो क्रममा भेटिएपछि कानून बमोजिम कारवाही हुने इलाका प्रशासन कार्यालय प्रमुख सिजालीले बताइन् ।

सिजालीका अनुसार ९८ लाख भन्दा बढिको भौतिक संरचना, फर्निचर, कम्प्यूटर र ल्यापटप अन्य पासपोर्ट लगायत अन्य महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको बताइन् ।

हाल कार्यालय सञ्चालनका लागि निकै समस्या भएकोले फर्निचर र कम्प्यूटर सहयोग गरिहुने भन्ने पूर्ण विश्वास लिएको उनले बताइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार