
काठमाण्डौ। जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये छ हजार नौ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्था विभागका अनुसार अझै सात हजार पाँच सय ७२ कैदीबन्दी फरार छन् ।
पछिल्लो २ दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उहाँको भनाइ छ ।
गएको भदौ २४ गतेको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । १४ हजार पाँच सय ५६ जना कैदीबन्दी भागेका थिए भने १५ हजार पाँच सय २५ कैदीबन्दी भने नभागी बसेका थिए । फरार रहेकाहरूको खोजी भइरहेको विभागले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्