
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० चटारस्थित बागेश्वरी एकेडमी स्कुलमा विभिन्न कार्यक्रम गरी ६१औं बाल दिवस मनाएको छ ।
“बाल बालिकामा लगानीः सुनिश्चित भबिस्यको थालनी’’ भने मूल नाराका साथ स्कुलका क्याप्टेन, स्कुल भाइस क्याप्टेन र हाउस क्याप्टेनहरुको नेतृत्वमा ६१औं बाल दिवस मनाएको हो ।
कक्षा नर्सरी देखि युकेजीसम्मको चित्रकला कार्यक्रम, १ देखि ३ सम्म बाल दिवससंग सम्बन्धि कविता वाचन कार्यक्रम, ४ देखि ६ सम्म बाल दिवस सम्बन्धि निबन्ध वाचन कार्यक्रम सम्पन्न भएको अतिरिक्त क्रियाकलाप संयोजक शेर बहादुर योगीले बताए ।

यस्तै कक्षा ७ देखि १० सम्मका बालबालिकाहरुले एक दिनको दिवाखाजा बराबरको रकम संकलन गरी बैजनाथ गाउँपालिका —३ मा रहेको सभ्यताको घर (बाल आश्रममा) खाद्यान्न, लप्ताकपडा, कापी कलम पेन्सिल, तथा अति आवश्यक पर्ने सामग्रीहरू बाल आश्रमलाई सहयोग गरेको स्कुलका सञ्चालक समिति अध्यक्ष किशन गुरुङले जानकारी दिए ।
स्कुलका प्रधानध्यापक श्रीधर गोराथोकी, स्कुल क्याप्टेन दीक्षा खड्का र स्कुल भाइस क्याप्टेन दिपसना विश्वकर्माले हस्तान्तरण गरेका थिए ।
यस्तै कक्षा ११ र १२ का विद्यार्थीहरुले पनि आफ्नो एक दिनको दिवाखाजा बराबरको रकम संकलन गरि नेपालगन्जमा रहेको निलसागर आश्रममा अतिआवश्यक पर्ने खाद्यान्न तथा सरसामान हस्तान्तरण, होटल व्यवस्थापन संकायका विद्यार्थी र अन्य विद्यार्थीहरुले बिहानी समयको खाना खुवाउने कार्यक्रम गरेका थिए ।

यस्तै बाल दिवसको अवसरमा विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभालाई उजागर गर्दै प्रत्येक शुक्रबारमा भएका अतिरिक्त क्रियाकलापहरुमा पहिलो, दोस्रो, तेस्रो हुनेलाई ट्रफि, मेडल र प्रमाणपत्र पनि वितरण गरिएको अतिरिक्त क्रियाकलाप संयोजक योगीले बताए ।
यस्तै स्कुलका सञ्चालक समितिका अध्यक्ष किशन गुरुङले पछिल्लो आवश्यकतालाई मध्यनजर गर्दै संस्कारसहितको शिक्षामा जोड दिँदै आइरहेको बताए । अतिरिक्त क्रियाकलापले सामाजिक क्षेत्रमा काम गर्ने र काम गर्नुपर्छ भन्ने प्रेरणा उत्प्रेरण दिलाउनका लागि नियमित कार्यक्रम सञ्चालन गरिरहेको सञ्चालक समितिका अध्यक्ष गुरुङ्गले बताए ।

यस्तै स्कुलका प्रधानध्यापक श्रीधर गोराथोले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूमा सामाजिक क्षेत्रमा पनि काम गर्ने प्रेरणा मिलोस् भन्ने हेतुले हामीले वृद्धाश्रम र बाल आश्रममा खाद्यान्न लगायत आर्थिक सहयोग गरेको बताए ।
यस्तै विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गराउन यस्ता खालका कार्यक्रमले आगामी दिनहरुमा शिक्षण सिकाई क्रियाकलाप सहजीकरण गर्ने शिक्षक गणेश बिष्टले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्