‘त्यो बडघरेले हामीलाई दरिद्र नै मान्छ के ! खानै नपाएका निमुखा हौ र हामी भनेको ? तिमी क्यार्न अरुले दिएको जिनिस सधै लिन्छौ ह ?’ साईलाले जेठालाई हकार्यो ।

‘हाम्रो बाझो बारीमा पाखुरी चलाम न बरु ! हाम्रा गाई डियालाई राम्रो अन्नपातको व्यबस्था गरौ, दुई पोईसो आई हाल्च नी, तेल्ले कहिलेसम्म देला फेरी ? सधै त्यसैले दिएको खाईरन पर्च भन्ने नि छैन नि’ माईलाले साईलाको कुरामा सहमत जतायो ।

‘ककुरलाई कलो दिए झै पो गर्छ बा ! तेल्ले खाए खा नखाए घिच भनेर हुन्च,तेल्ले दिएकै खानु पर्ने रे ! सम्झिदै कम्परी तातेर आउछ भन्या’ काईलालाई पनि बडघरको व्यबहार मन परेन ।

‘यति जावा जाहान त भारी बोकेर नी पालिएला त ! भिखारी झै जसले जे दियो त्यो लिदै नहिन न दाई’ कान्छाले त झन दाजुलाई भकुर्ला झै गर्यो ।

सबैका कुरा सुनिसकेपछि जेठाले आफ्ना कुरा सुनाए – ‘उनी बडघर हुन उनको रवैया चारैतिर छ । फेरी हामीलाई मात्र पनि त भाग पठाएका हैनन नी । अहिले नलिए पछि पर्दा हात फैलाउने ठाँउ का छ त ? चाहिने जति मागे हुन्छ पनि त भनेकै छन । पौरख बिनै खान पुग्छ भने के आपत्ति भो र डाम्ना हो ।’

‘हुन्न हुन्न त्यसले दिएको लि ने बानी पार्नु हुन्न क्या ! फिर्ता लैजा भन्देउ दाई ।’ माईलाले दाजुतिर हेर्दै भन्यो । ‘जाहान केटाकेटीले पनि मागेको खासै जाति मानेका छैनन,मेरा केटारी त त्यसको घरमा ढुङ्गा हान्न जान्चम भन्दै थिए झन’ माईलाले नै थप्यो ।

‘सोचव है केटा हो, भोली ! भोली अप्ठ्यारो पर्ला , फेरी तिम्ले गर्दा हो भन्न पाउन्नौ नी’ जेठाले आफ्नो कुरा स्पष्ट पारे । ‘म त सानै देखि बडघर कै रेखदेखमा हुर्केको मान्छे हु,तिमीहरुको पौरखले खान पनि पुग्दैन भन्ने मलाई था छ । फेरी मुखमा माड हाल्न समस्या होला’ जेठाले भुत भबिश्य सम्झाए ।

पाँचै भाई बसेर अब बडघरले जे दिएपनि सहजै नलिने बरु बडघरले गरेका कामको पनि खबरदारी गर्ने ,बडघरको हेपाहा,मिचाहा प्रबृती नसहने,हाम्रो घरमा दखल दिएमा डटेर सामना गर्ने कुरामा सहमत भए ।

‘कसको कुरा काटेर बसेका छौ वय बातमाराका खलक’ टुप्लुक्क आगनमा देखिएका बडघरका जेठा छोराले हेपेरै भने । ‘कुनै इलम सिलम छैन सधै अरु कै खादो गरेर बस्छौ,केटाकेटीलाई सम्म बिर्गाने भयौ है ? यत्रो बारी खाली छ काम गर्नु नी’ कम्ता हपारेनन बडघर जेठाले ।

‘बडघर बाट बक्स भएको सगुन बाटेर खान लागेको हजुर’ बडघर जेठाको कुरा सकिन नपाउदै पाचै भाईको एउटै स्वर निस्कियो ।