किन गर्ने महालय (सोह्) श्राद्ध ? यसको विस्तृत विधि

श्राद्ध शब्दको अर्थ के हो ?

पहिले श्राद्ध शव्दको अर्थ के हो ? श्राद्ध कति थरिका हुन्छन् । भन्ने जान्नु आवश्यक छ । श्राद्धलाई पितृयज्ञ भनिएको छ । भविष्यपुराणका अनुसार देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृले पाउन भनेर ब्राह्मणहरू लाई दिनु श्राद्ध्र भनेको छ । श्राद्धकल्पका अनुसार प्रेत र पितृलाई आफूलाई मनपर्ने वस्तु तिनी श्रद्धाले दिनु श्राद्ध भनेका छन् ।

श्राद्धमा आवश्यक पितृकार्य

प्रत्येक छोरा आफ्ना आमाबाबुबाट लालनपालन भई हुर्कने, वढने संस्कार हुने र शिक्षा पाउने भएकाले ऊ आफ्ना मातापिताप्रति ऋणी हुन्छ । शास्त्र अनुसार उसले यो ऋण तिर्नुपर्दछ । त्यसैले जीवित अवस्थामै आफू सक्षम भएपनि उसले मातापिताको अन्त्यकालसम्म सेवासुश्रूषा पालनपोषण गर्नुपर्दछ साथै मृत्यु पश्चात पनि उनीहरूको काजक्रिया र प्रत्येक वर्ष श्राद्ध गर्नुपर्छ । छोराले उनीहरूको सम्झनामा प्रत्येक वर्ष श्राद्ध गर्दा श्रद्धापूर्वक गर्नुपर्छ भन्ने पनि शास्त्रको भनाइ छ । यदि श्रद्धापूर्वक गरिन्छ भने मात्र त्यसलाई पितृहरूले ग्रहण गर्दछन, आशीर्वाद दिन्छन् यदि विश्वासै गर्दैन श्रद्धा नै गर्दैन भने त्यसव्यक्तिको घर आँगनमा तिथिको दिन पितृहरू आउँछन् र श्रद्धा गर्न लागेको नदेखेपछि लामो श्वास लिदै निरास भई फर्केर जान्छन् । त्यसरी लिइएको लामो श्वासले त्यस व्यक्तिको र उसका छोराछोरीको समेत शोषण हुन्छ अतः कि निर्धन हुँदै जान्छ र छोराछोरी पनि ख्याउटे हुँदै जान्छन् र घरनै अपवित्र हुन्छ ।

तर्कशैली वा विचार

प्रत्येक वर्ष गरिने श्रद्धा कार्यलाई पनि गर्ने र भन्ने जस्तो प्रश्नचिन्ह उठाउँछन् । पिण्ड यथावत रहेको देखिंदा पितृले खाएनन भन्ने धेरैलाई लाग्न सक्छ । यो कुरा नबुझ्नाले हो । छोराले दिएको पिण्ड जल आदि वस्तु परलोक भएका पितामाता आदिले कसरी प्राप्त गर्दछन् भन्ने शङ्काको उत्तर निर्णय सिन्धुमा हेमाद्रिवृहद धर्मशास्त्रको हवालादिदै लेखेको छ । हिन्दुहरु वा ॐ कार परिवारले भाद्र महिनाको शुक्लपूर्णिमाको दिनदेखि आफ्ना पितृहरुको लागि १६ दिनसम्म तर्पण सहितको पिण्डदान गरेर स्मरण गर्ने चलन छ । यो परम्परा देखि मान्दै आएको हो । यो समयमा आफ्न पितृहरु जुन तिथिमा मृत्य भएको हो सोहि तिथिमा श्राद्दगर्ने गरिन्छ । हामी हिन्दुधर्मलम्बी भएकाले हाम्रा मूख्य संस्कृति लाई परम्परा देखि अंगिकार गर्दै आईरहेका छौं । आमीले षोडशी संस्कार विहान देखि साँझसम्म गर्ने नित्यकर्म र देवकार्य, पितृकार्य सदाचार आदि गरिरहेका छौं । हिन्दु दर्शनमा विद्दानको राय लाई आधारमान्दा हिन्दु भन्नाले भगवान र उहांका अंश राजा (इन्द्र, पवन, यम, सूर्य, अग्नि, वरुण, चन्द्र, कुवेर) आठ दिक्पालहरुको अंशलाई मानिएको छ । वेद, गुरु, गायत्री गीता, गाई गङ्गामा आस्थावान र ॐ लाई मूलमन्त्र ठान्ने लाई मानिन्छ । यसले पूर्वजन्म तथा पुर्नजन्ममा विश्वास राख्ने लाई हिन्दु मानिन्छ । एक हिन्दु भएर जन्मिने केवल संयोग मात्र होईन । पूर्वजन्मको संस्कारकर्म र मृत्यु संस्कार पनि भगवानको विशेष अनुशरण वा अनुकम्पा हो । श्रृष्टिपालन संहारगर्ने र यसखालका कर्मको निरन्तरता प्रदान गर्ने अदृश्य शक्तिको नाम आफैमा भगवान हो । यस शाश्वत सत्यको बोध गरेर लोक एवम् परलोकको सुधार तथा परिमार्जन गर्नका लागि हामीले स्वच्छ र स्वस्थ जीवनयापन गर्न सक्नु पर्दछ । जन्मेदेखि मृत्युपर्यन्त र मृत्यु पश्चात वार्षिक श्राद्ध गर्ने हाम्रो परम्परा धार्मिक हो ।

गीतामा उल्लेख गरिएको श्राद्धको चर्चा

“कर्मभूमिरियम” यो कर्मको क्षेत्र हो । विश्वकर्ममय हो । कर्मको कारण विश्वरचनाको आधार हो । यो ब्रहण्डको कर्म कै कारणमा खडा भएको हो । किनकी स्वयम् भगवान आफैमा कर्मशिल हुनुहुन्छ । भगवान श्रीकृष्णले गीतामा अर्जुनलाई बताउनु भएको छ कि हे अर्जुन मेरा निमित्त तीनै लोकमा केहि पनि कर्तव्य छैन । कुनै अप्राप्त वस्तुलाई कर्म गरेर प्राप्त गर्नु छ र यी कर्मबाट नै लाग्ने छु । यो लोकको रक्षाको लागि म कर्मानुष्ठानमा लागिरहने छु भनिएको छ । श्रीकृष्ण भगवानले अर्जुनलाई गीतामा कर्मयोग नै सर्वश्रेष्ठ हो फलको इच्छा नराखी कर्मयोग नै तिमी गर भनेर विभिन्न तरिकाबाट वताएको देखिन्छ । वास्तवमा हिन्दु धर्ममा कर्म तीन तरिकाले वताईएको छ । जसमा नित्य, नैमित्तिक र काम्य छन् । नैमित्तिक कर्ममा विशेष गरेर श्राद्धको विषय रहेको छ । श्राद्धहरु विभिन्न छन् । अहिले सबैले श्राद्ध वार्षिक रुपमा गर्दै आएको वार्षिक तिथी श्राद्धलाई एकोद्दिष्ट तथा आश्विन कृष्णपक्षमा गरिने श्राद्ध लाई महालय पार्वणश्राद्ध भनिन्छ । औसी तिथीमा र आश्विन कृष्णपक्षमा मृत्यु भएकाको तिथी श्राद्धलाई एकपार्वण श्राद्द भनिन्छ । तर नेपालको गोकर्णेश्वर महादेव स्थान वा उत्तरगया सप्तकोशी मिलेको स्थान बेत्रावति, बराह क्षेत्रको विष्णुपादुका र भारतको पुनस् पुन गया, गयामा फाल्गु अक्षयबाट, हरिद्धारमा कुसावर्त, केदारनाथमा हंशकुण्ड, बद्रिनाथमा ब्रहकपाली आदि ठाउंमा गरिने श्राद्ध लाई गयाश्राद्ध भनिन्छ । काम गराउदा भनिएको छ कि “पितरो वाक्य मिच्छन्ति भाव मिचन्ति देवता” अर्थात पितृहरु वाक्यको ईच्छा गर्दछन् । यदि वाक्य मिलेन भने श्राद्ध गरेको अर्थ हुदैन । देवताहरु लाई केवल सद्दाव गरेमा मात्र पुग्ने गर्दछ । त्यसकारण वेदको अर्थ निकै गाहे छ । हाम्रा पुर्खाअत्री वशिष्ठदी महर्षिहरुको कठिन तपस्याबाट शुद्द गराएर अर्थ लाई बझाउन धर्मशास्त्र तथा पुराणहरु बनाएका थिए । हाम्रा कर्म पद्दति निकै उत्तम थिए र छन् । हाल मिति २०८० साल आश्विन महिनाको १३ गतेदेखि श्राद्द सुरु भएकोले यसको महिमा लाई चर्चा गरिएको छ ।

यो वर्षको श्राद्धका सोह्रश्राद्ध कहिले कुन श्राद्ध पर्दछ ?

असोज १३ गते शनिवार प्रतिपदाश्राद्ध १ बजेर मिनेट सम्म, द्वितीयाश्राद्ध २ बजेदेखि सुरु, असोज १४ गते आईतवार तृतीयाश्राद्ध १२ बजेदेखि १२ मिनेट सम्म, असोज १५ गते सोमवार चतुर्थीश्राद्ध १० बजेर ४४ मिनेट देखि, असोज १६ मंगलवार पञ्चमीश्राद्ध ९ बजेर ४२ मिनेट देखि, असोज १७ बुधवार षष्ठीश्राद्ध ९ बजेर ७ मिनेट देखि, असोज १८ बिहीबार सप्तमीश्राद्ध ९ बजेर १ मिनेट देखि, असोज १९ शुक्रबार अष्टमी श्राद्ध ९ बजेर २७ मिनेट देखि, असोज २० शनिवार नवमी श्राद्ध १० बजेर २३ मिनेट देखि, असोज २१ आईतबार दशमीश्राद्ध ११ बजेर ४६ मिनेट देखि, असोज २३ मंगलबार एकादशीश्राद्ध, मघाश्राद्ध ३ बजेर ३३ मिनेट सम्म, असोज २४ बुधवार द्वादशीश्राद्ध ५ बजेर ४० सम्म, असोज २५ गते विहीबार त्रयोदशीश्राद्ध बेलुका ७ बजेर ४२ मिनेट सम्म, असोज २६ शुक्रबार चतुर्दशीश्राद्ध ९ बजेर २८ मिनेट बेलुका सम्म, असोज २७ शनिवार औंसीश्राद्ध २२ बजेर ५३ मिनेट सम्म रहेको छ ।

पिन्ड प्रदान गर्ने तरिका, श्राद्ध स्थान कहाँ र कसरी गर्ने

पितुः पुत्रेण कर्तव्याः पिण्डदानोदक क्रियाः । प्रजा भावेतु पत्नीस्यात्पत्न्या भावेतु सोदरः । अर्थातः बाबुको पिण्डदानादि कर्म छोराले गर्नु पर्छ । छोरो नभए स्वास्नीले गर्नु स्त्री र पुत्र दुवै नभए सहोदर दाजु या भाइले गर्नु, गोगजाश्वादि जुष्टेषुकृत्रिमायां तथा भुविः । नकुर्याच्छ्राद्धमेतेषु पारक्या दिषु भूमिषु । सूक्त र अर्थात गाई हात्ति घोडा बसेको ठाउँमा खनजोत गरेको ठाउमा अर्काको स्तकमा घरजग्गामा श्राद्ध नगर्नु भनिएको छ । शुद्ध विवाहिता पत्नीले पाक्य बनाउनु पत्नी नभए आफ्ना बन्धुले बनाउनु तर ल्याईतेले भने पकाउनु हुँदैन ।

आर्दाऽऽमलक मात्राँस्तु पिण्डान्कुर्वीत पार्वणे । एकोद्दिष्टे विल्वमात्रं पिण्डमेकन्तु कारयेत जसको अर्थ नसुकेका अमलाजत्रा पार्वणश्राद्धमा, बेलको फल जत्रा र एकोद्दिष्ट श्राद्धमा एक पिण्ड बनाउनु पर्छ । पहिले सम्बन्ध नाता अनि गोत्र अनि नाम अनि बसु, रुद्र्र आदित्य स्वरूप कमैले सङ्कल्प मिलाउनु पर्दछ । ब्राह्मणलाई बोलाएर आदरपूर्वक पूजा गरेन भने ज्यादैकष्टदायी पशु योनिमा जन्मनु पर्नेछ । मत्स्यपुराणमा उल्लेख गरिएको छकि प्रत्यङमुख–स्थितः कुर्याद्विप्रापादाभिषेचनम्म् (पारासरमृत्यान्तरे) पाद प्रक्षालनं प्रोक्तं मुपवेश्यासनेद्विजान । तिष्ट्येक्षालनं कुर्यान्निराशाः पितरोगताः यसको अर्थ हो कुशको औठी नलगाईकन जल नचढाउनु, पितृआदिको कर्ममा ब्राह्मणको पाठ खाली भूमिमा नधुनू, नधोईकन कर्म नगर्नु ब्राह्मणको, ब्राह्मणको पाउ धुनका लागी लाई आसनमा राखी धुनु, उठेका ब्राह्मणहरूको पाउ धोएमा निराश भएर पितृहरू फर्कन्छन् । पिण्ड पकाउने भाडाको विचार गर्नु पर्दछ । पिण्ड पकाउदा सुन, चाँदी, तामा, काँश, नयाँमाटोको भाँडामा पकाउनु हुन्छ भनी विद्वानहरूले भनेका छन्न् । पित्तल रांगको पनि कहि कहि विधान छ । फलामे भाडाहरू कुनै पनि लगाउनु हुँदैन । पितृकार्यमा फलामको भाडाँहरू देख्न पनि पितृहरू भाग्दछन् ।

तर्पणकोद्दिष्ट पार्वणैकपार्वण तीर्थश्राद्ध विधिः

श्राद्धको दिनमा, द्वादशी, पूर्णिमा, संक्रान्तिको दिनमा नुहाएको बस्त्र तर्पण नगरी ननिचोर्नु वा नधुनू यसरी निचोर्नाले र धुनाले पितृहरू निरास भएर भाग्दछन् । आफ्ना पितृहरू मरेको तिथिमा प्रत्येक वर्ष धन भोक्ताले श्राद्ध गर्नु पर्दछ यदि गरेन भने तामिश्र नाम गरेको घोर नरकमा पर्नु पर्दछ । दक्षिण दायाँ घुँडा तल गरेर घुडा मारेर सदैव देवताको पूजा गर्नु बायाँ घुडा तल गरेर घँुडा मारेर पितृको कार्यगर्नु वस्तुलाई नपखालिकन नछोवास, मातृभाषा नबोलोस, देवकार्य, पितृकार्य दुवैमा नचाहिने कुरा नबोल्नु नगर्नु र सवै जपहोमादि कर्ममा मौन भइ गरेमा संपूर्ण फलप्राप्त हुन्छ । जपहोम आदि गर्दा झुक्केर बोल्यो भने विष्णुको मन्त्र जप्नु वा विष्णुलाई सम्झनु । जसलाई सम्झदा जसको नाम लिदा तपोयज्ञ आदि कर्ममा विधि नपुगेपनि त्यो कर्म पूरा हुन्छ । त्यस्ता अच्युत भगवानलाई सधै नमस्कार गर्दछु । श्राद्धको प्रारम्भमा, मध्यमा र अन्त्यमा ॐ यस्यस्मृत्या च नामोक्त्या आदि मन्त्र पढनु पर्दछ । तीन चोसे गर्नु । वैश्यको भए बाटुलो बनाउनु शुद्रको भए पानीमात्र आपोश्नं वामभागेतु सुरापान समं भवेत ब्राह्मणको दायाँ पट्टि जल चढाउनु । वायाँपट्टी जल चढाउनाले मदिरापान समान हुन्छ । दायाँपट्टी जल चढाउनाले अमृतपान बराबर हुन्छ । आफूले रामगीता पाठ गर्दै जसले ब्राह्मणलाई भोजन गराउँदछ । त्यसका सबै पितृहरू विष्णुको परम्पदमा प्राप्त हुन्छन् । तुलसी पत्र, चीनी, दुध, ध्यू, अन्न, मह, तिल, भागीरथीको जल, यति आठ चिज हालि पिण्ड बनाउनु । आशौचको कारण वा अरु कुनै बिघ्न आइ परेर श्राद्ध रोकिएमा वा कृष्ण पक्षको एकादशीमा गर्नु भन्ने विशेष वाक्य छ ।

कुन कुन श्राद्धकामा के के सामग्री चाहिन्छन् ?

एकोद्दिष्ट श्राद्धको सामाग्री श्रीखण्ड चन्दन, केशरी, अक्षता, जौ, तिल, सेतो पहेलो फूल, गाईको दूध, दहि, घिउ, मह, चिनी, स्मृतिसारमा वताए अनुसार पितृलाई मनपर्ने फूलहरू अगस्ती, भृगराज, चाँप, तिलपुष्प, जनै दुई, सेतोवस्त्र, सिंगो सुपारी, खगौतो, विष्णुपादूका, कर्मपात्र, अर्घ, पंचपात्र, आचमनी, बालुवा, पानको पात, टक्करको फूल र पात, केरा, फलफुल, गहुँको पक्वान्न, मासको बारा, धुपवत्ती, कपूरबत्ति, दियो बाल्न एक टपरी, चामल, ब्राहृमण थाप्न एक चारकुने चामल, दुई भाग सिधा, पिण्डको लागि चामल, कालो तिल केलाएको, ४ भाग पूजा सरजामा कुशको टुक्रा ्र ६०। । पवित्र दुई, औठी दुई, मोटक २०, दुना टपरी चाहिन्छ ।

पार्वण श्राद्धको सामाग्री पूजाको सरजाम भाग ४, दियो बाल्न १ टपरी चामल, ५ भाग कएमा ब्राह्मण, कुशको टुक्रा ७०, मोटक १००, औठी दुई, धूपवत्ती, मूलवत्ती, तीन सुतेवत्ती, कर्मपात्र २, अर्घ १, खगौतो १, विष्णु पादुका, जनै ६, सुपारी ५, पञ्चपात्र आचमनी, बालुवा, पानको पात, फलफूल, केरा, गहुको पक्वान्न, मासको वारा, ५ भाग सिधा, पिण्डको लागि चामल, सेतो हिनाको पिण्ड वस्त्र, कपूरबत्ती, चन्दन, केशरी अक्षता, जौ, तिल, सेतो पहेलो केशरी, सेताफूल, गाईको दूध, दहि, ध्यू, मह, चिनी, स्मृति सारमा वताइए अनुसार माला पितृलाई मनपर्ने फूलहरू, टक्करको फूल र पात आदि ।

एक पार्वणा श्राद्धको सामग्री भाग ४, दियो बाल्न १ टपरी चामल, दुई ब्राह्मणलाई दुई चारकुने चामल, कुशको टुक्रा ६०, औठी दुई, मोटक ५० गोटा, गुरु, शिष्य, हितकारक, बन्धु आदि मान्यजन लाई दिने ।

श्राद्ध गर्ने तरिका

श्राद्ध गर्ने अघिल्लो दिन कपाल मूण्डन गरेर नुहाई स्नान गरेर एक छाक (एकछक्की) खाना खाने गरिन्छ । भोलिपल्ट आफ्नो ब्रहमण वा पुरोहित लाई बोलाएर शास्त्र अनुसार श्राद्ध गर्नु पर्दछ । श्राद्धगर्दा मूख्य दुई आधार लाई व्याख्या गरिन्छ । जसमा विहान उठेर स्नान गरेर गाईको पिसावद्दारा निर्मित पञ्चगव्य तयार गरेर ब्रहमणको वाक्यद्दारा श्राद्द भूमिमा शूद्द कपडामा बस्ने । ब्रहमनको हातपाउ धोएर शूद्दासनमा बसाल्ने । अनि कूशका पवित्र, मोटक लागायत टूक्रा तयार गरेर सुरु गर्ने । श्राद्ध सुरु गर्दा सुरुमा तर्पण गरिन्छ । त्यसपछि मात्र पिण्डदानको काम गरिन्छ । श्राद्ध गरेपछि ब्रहदेखि स्तम्बपर्यन्त जो सुकै पनि चराचर रहेका छन् । ति सबै मैले दिएको जलले तृप्ति प्रापत गरुन । जे सुकै वृक्ष, लता, पहाड आदि स्थावर आदि तथा देवता पशुपंक्षी आदिले एकबाट अर्का ठाउंमा हिडडुल गरेर हामीले दिएका तर्पण वा पानीले तृप्त रहुन । पितृलाई शास्त्रको विधानले श्राद्ध तर्पण गर्दा तृप्तिका साथै हामीहरु जे कर्ता हो तिनको आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष र सुखको फलहरु प्राप्त हुने पूर्वीय दर्शनको मान्यता छ । यदि कसैले शास्त्रको विधिविधान विपरित श्राद्ध र तर्पण गर्दछ भने पितृहरुका लागि सो पिण्डजल मिल्दैन । श्राद्ध र उनीहरुमा सन्तान लाई पनि श्रेय रहदैन । त्यसकारण विधि विधानमा रहेर मात्र श्राद्ध गर्ने कामगर्नु पर्दछ । प्रत्येक छोरा आफना आमा बाबा आमाबाट लालन पालन, शिक्षा दिक्षा प्राप्त गरेका हुन्छन् । त्यसकारण पनि हामी आफना मातापिताप्रति ऋणी रहन्छौं । शास्त्रका अनुसार छोराले यो पितृऋण अवश्य तिर्नका लागी र बाबा आमाको स्वर्गमोक्ष प्राप्ति र धर्मसंस्कारको संरक्षण गर्न पाि यो कामगर्नु पर्दछ । त्यसकारण जीवित अवस्थामा छोराले मातापिताको अन्त्य कालसम्म पनि सेवाभाव र भक्ति गरेर बुढेसकालमा पालनपोषण गर्ने काम श्रृष्टिको नियम हो । मृत्यु पछिपनि काजक्रिया दशगात्रादिको काम गर्ने, वाषिकी तिथिश्राद्ध गर्नेर्, एकवर्ष सम्म नित्यकर्म गर्ने । त्यसपछि मात्र हरेक वर्षमा मरेको पक्षको तिथिमा एकोद्दिष्टश्राद्ध र आश्विन शुक्लपूर्णीमाको माहालयश्राद्ध गर्नु अनिवार्य छ ।

किन गर्ने श्राद्ध ?

हरेक छोराबुहारीले यो आजभोलि गरिने श्राद्ध अनिवार्य छ । आफ्नो श्रद्दापुर्वक संस्कार अनुसार श्राद्धकर्म गर्नु पर्दछ । श्राद्धगर्दा मन, वचन र कर्मले आत्मादेखि गर्नु पर्दछ यो कर्म श्रद्दाका साथमा गरिएको यो श्राद्धको कारण पितृहरुले पनि ग्रहण गर्दछन् । जसबाट पितृहरुको शुभ आर्शिवाद समेत प्रदान गरेर धन, विद्या र सन्तान समेत प्राप्त हुन्छ । यदि यो अन्ध विश्वास मानेर श्राद्ध नगर्ने हो भने त्यो छोराको घर, आँगनमा तिथिको दिन पितृहरु आउने र श्राद्ध नगरेको देखेपछि लामो श्वास लिएर निरास हुदै फर्केर जान्छन् । पितृले लिएको लामो श्वासले छोरा बुहारीको घर र सन्तानमा समेत श्वासमा परिणत हुने पुरानहरुमा उल्लेख छ । जसको फलस्वरुप निसन्तान, गरिबी, ख्याउटेपन, अतृप्ति समेत हुने तर्क भविष्यत्तर पुराणमा चर्चा गरिएको छ । छोराले दिएको पिण्ड वा जल आदिमा वस्तु परलोक भएका मातापिताले प्राप्त गर्दछन् । यसमा आजका मानिसको सङका र तर्कवितर्क एवम् अन्धविश्वास भएका तर्कपनि देखापरेका छन् । यसखालका मानिसको पछाडी लागेर हामीले हाम्रो धर्मसंस्कार र परम्परालाई विर्सने एवम् लत्याउने गर्नु हुदैन । यस किसीमको भ्रमको उत्तर निर्णयसिन्धुमा, हेमाद्रिवृह धर्मशास्त्रमा चर्चा गरिएको छ ।

नामगोत्रं पितृणांतु प्रापकं हव्यकव्ययोस् ।। अग्निष्वात्तादयस्त्तेषामाधिपत्ये व्यवस्थितास् ।।१।। नाममन्त्रास्तदादेशाभवान्तरगतानपि ।। प्राणिनस् प्रीणयन्त्येव तदाहारत्वमागतान् ।। २।। देवोयदिपिताजातस् शुभकर्माऽनु योगतस् ।। तस्यान्नममृतं भूत्वा देवत्वेऽप्यनुगच्छति ।। ३।। गान्धर्वे भोगरुपेण पशुत्वे च तृणं भवेत ।। श्राद्दान्नं वायुरुपेण नागत्वेऽप्यनु गच्छति ।। ४।। पानंभवतियक्षत्वेराक्षसत्वे तथाऽऽमिषम ।। दनुजत्वे तथा मद्यं प्रेतत्वे रुधिरोदकम् ।। ५।। मनुष्यत्वेऽन्नपानादि नाना भोगरं भवेत् ।

यसको अर्थ हो नामगोत्रमन्त्र आदिलेको साहाराले परलोकमा पुत्रादिले श्रद्धा भक्ति विश्वासपुर्वक अर्पण गरेका हव्यकव्य आदि अग्निषावाता आदि पितृदेवताले व्यवस्था गरी जे जे लोकमा जे जे योनीमा प्राप्त भएपनि सोही खान हुने गरेर वस्तु प्राप्त गराएर पितृहरु लाई तृप्ति गराई दिन्छन् । आफुले गरेको शुभ कर्मको पुण्यले पितादेवको योनिमा रहन्छ । दिएको वस्तु, चिज र अन्न आदि अमृत रुपमा परिणत हुन्छन् । गन्धर्व योनिमा प्राप्त भएको भए वस्तुमा परिणत हुन्छ । पशुयोनिमा गएको भए उत्तमघाँस हुन्छ । नागयोनिमा भए वायुका रुपमा परिणत रहन्छ । पक्षयोनिमा भए पानको पातमा परिणत हुन्छ । राक्षस योनिमा भए आमिष वस्तु रहन्छ । यदि मनुष्य योनीमा भए नाना प्रकारका अन्न पानादिमा रहन्छ । जसको कारण मातापिताले उपभोग गर्न पाउँने तर्क गरुडपुराणमा पनि उल्लेख गरिएको छ । यसरी श्रद्दापूर्वक श्राद्धको काम गर्नु राम्रो मानिन्छ । यसको कारण पितृ र कर्ता एवम् छोराबुहारी सबैको कल्याण हुन्छ । देवता लाई भाव भए सरह हुन्छ तर पितृलाई शुद्द मन्त्र र वाक्य चाहिन्छ । त्यसकारण शुद्द मन्त्र उच्चारण सहित श्राद्ध गर्नु । श्राद्धमा छोरीको छोरा वा भान्जा लाई बढि महत्व दिने काम गरिन्छ । श्राद्धको दिनमा भान्जा लाई अनिवार्य बोलाउने काम गर्ने । एक वर्षमा पर्ने यो कर्म गर्दा पितृको स्मरण वा सम्झना राखेर तर्पण, पिण्डदान, ब्रहमण भोजन गर्ने काम भएन भने छोरा भई पैतृक सम्पति खाएको अर्थ रहदैन । जन्मेको पनि त सार छैन । लोभ, मोह, क्रोधबाट टाढा रहेर हामीले श्रद्दाका साथ यस कर्मको पालन गर्नृु पर्दछ । तर यसका नाममा विकृति र विसंगति फैलाउने देखि सावधान रहौं ।

निष्कर्ष

अन्य देशमा पनि पितृको सम्झना गर्ने प्रचलन भएको सुनिन्छ । नामगोत्र मन्त्र आदिको सहाराले परलोकमा पुत्रादिले श्रद्धाभक्तिविश्वास पूर्वक अर्पण गरेका हव्यकव्य आदि अग्निष्वाता आदि पितृदेवताहरूले व्यवस्था गरी जुन जुन लोकमा जुन जुन योनिमा प्राप्त भएपनि त्यही त्यही मा खान हुने वस्तुमा परिणत प्राप्त गराइ पितृहरूलाई तृप्त गराइ दिन्छन् । अन्तरआत्माको विकास कार्यक्रमको सुरुमा पितृहरूलाई सम्झेर प्रार्थना गर्दछन् । त्यस्तै जलको पूर्ण कलश फूल पितृ वंशावली राखे प्रत्येक दिन बिहान पितृहरूलाई सम्झन्छन् । यस किसिमबाट जापानीहरू मान्छन् । तसर्थ हामी सनातन हिन्दू धर्मावलम्बीहरूले हाम्रो एक वर्ष पितृको १ दिन भएको र सबै पितृको सम्झना राखेर आश्विनमा र मृत तिथिमा हामीहरूले तर्पण, पिण्डदान, ब्राह्मण भोजन गराएनौ भने छोरा भएर जन्मेको सार नै के भयो र ? पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्यः स्वधायिभ्यः स्वधानमः प्रपितामहेभ्यः स्वधायिभ्यः स्वधानमः । अक्षन्न्पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्धध्वम् ।। यो श्लोक श्राद्धमा अनिवार्य ब्रहमणद्धारा पढ्नु पर्दछ । श्राद्धगर्दा समस्त मानव जगतका ॐ कार परिवारका पितृहरुले यो समयमा तपाई हाम्रो कल्याण गरुन यहि मनोकामनाका साथ यो महिमाको चर्चा गरिएको छ । हामी सबैको कल्याण होस । हाम्रो रक्षाहोस । हाम्रो समाज त्यति अगाडी बढेको छैन । श्राद्धभूमिमा आफन्त, ईष्टमित्र, भाईभारद्दार, भान्जा लगायत गुरुपुरोहित र ब्रहमण भोजन नगराएर गरिएको श्राद्धको कुनै फलप्राप्त हुदैन । आजको समयमा छोराबुहारीको कर्तव्य पुरा गर्नपनि श्राद्धगरी पितृहरुको वार्षिक सम्झना गर्नु अनिवार्य छ । ॐ पितृमोक्षदाय नमस् नमोनारायणा अस्तु !

लेखक : मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विभागका उप प्राध्यापक एवम् वैद्धिक धर्मपरिषद नेपाल बाँके जिल्ला सचिव हुन् ।