
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा जेनजी पुस्ताको आन्दोलनले उग्र रुप लिएपछि कोहलपुरका सरकारी र व्यक्तिगत गरी १० स्थानमा तोडफोड र आगजनी भएको छ ।
सोमबार विहान करिब ११ बजेदेखि सुरु भएको आन्दोलनले कोहलपुरका ४ वटा सरकारी कार्यालय आगजनी गरेको हो ।
कोहलपुर नगरपालिका, आन्तिरिक राजस्व कार्यालर्य, इलाका प्रशासन कार्यालय, कोहलपुर नगरपालिका वडा नं. ८ कार्यालय पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यको घर जलाएका छन् भने उपमेयर संगिता सुवेदीलाई घाइतले बनाएका छन् ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कोहलपुर, नापी र मालपाेत, विभिन्न राजनितिक दल नेपाली काँग्रेस, नेकपा माओवादीका कार्यालयहरुमा तोडफोड गरेका थिए ।
नेपाली समाजले आजसम्म नभोगेको नदेखेको विभत्स घटना भएको छ । जसका कारण सर्वत्र स्तब्ध छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्