
कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरमा ज्यान कसुरमा सोधपुछका लागि ल्याएका जानकी ६ का ३८ वर्षीय वीरेन्द्र बहादुर सिंहको मृत्यु भएको छ ।
ज्यान मार्ने कसुरमा सोधपुछका लागि उनलाई तीन दिनअघि हिरासतमा ल्याइएको थियो ।
मृतकका आफ्न्तले सामान्य मान्छेलाई सोधपुछका लागि ल्याइयो मान्छे एक्कासी मृत्यु कसरी हुन्छ ? आइतबार आउँदा हिरासदमा मृतक सिंहले ‘यहाँ मलाई सुरक्षित लागेन, मलाई कुटपिट भयो नेपालगञ्ज लैजाऔं भन्नुहुन्थ्र्यो ।’ त्यो बेला प्रहरीले मलाई हानेको र दाँया हाँतको जोर्नी, टाउकामा र खुट्टामा हानेको डाम देखाउनुभएको थियो ।’
‘अनुसन्धान गर्दा डाम देखाएको बेलामा सोचेकी थिए यहाँ मार्छन नेपालगञ्ज लैजानुपर्छ भनेर भन्दा लिन मिल्दैन भन्नुभयो तर एक्कसी आज विहान तपाईको मान्छे विरामी छ भनेर इलाका बाट बाृेलाउनुभयो । आउँदा उहाँको मृत्यु भइसकेको रहेछ ।’ आफ्न्तले भने ।
मृतककी बुहारी सुकुमाया सिंह भनिन्, ‘क्यान्टीनमा खाना दिनुहोला भन्दै पैसा समेत छोडेको थिए, क्यान्टिनबाट खाना दिनुभएको रहेछ तर मेसको खाना किन नखुवाएको ? भन्दै प्रहरीले कुटेको भन्नुभयोको थियो तर अनुसन्धान भइरहेको बेलामा कठिनाई हुन्छ भन्दै प्रहरीले टार्ने काम ग¥र्यो ।’ सोमबार (आज) विहान करिब ५ बजेतिर विरेन्द्र विरामी हुनुहुन्छ भन्दै फोन आएको थियो तत्काल हामी आयौं, आउँदा उहाँको मृत्यु भएको थियो बुहारी सिंहले भनिन्, ।
उनीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगेर मृत घोषणा गर्ने मात्र काम गर्नुभयो । अस्पतालले समेत कति बेर यहाँ राख्ने हो ? भन्दै प्रश्न गरेपछि मृत्यु नै भइसकेको भन्ने पुष्ठी गरेको उनी बुहारी सिंहले बताइन् ।
घटना के हो ?
भदौ १९ गते विहान ८ः ३० बजे जानकी गाउँपालिका ६ स्थित बाटोमा वर्ष २१ का मुकेस पार्सी मृत फेला परेका थिए । पार्सीको मुत्युपश्चात ४ जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका सूचना अधिकारी (इन्सपेक्टर) हरी भटराईले जानकारी दिए ।
भट्टराईका अनुसार पक्राउ पर्नेमा कालिकोटका वर्ष २७ का मनरुप पाण्डे, जानकी ६ का कल्सीप पाण्डे र अर्को अण्डर १८ भएकोले (वर्ष १३) की बालिका सहित बाजुराका मृतक वीरेन्द्र बहादुर सिंह हुन् ।
‘मृतक वीरेन्द्र पक्राउ गर्दा सामान्य अवस्था थियो, (सोमबार) आज विहान उठ्दा बेहोस् देखेपछि परिवारलाई खबर गरेका थियौं’ भट्टराई भने, ‘उहाँलाई मेडिकल कलेज शिक्षण अस्पताल शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भयो ।’ तर आफ्न्तले लगाएको आरोप प्रहरील स्वीकार गरेको छैन ।
प्रहरीले मृतकका आफन्तसँग पत्रकारलाई भेट्न जाँदा पत्रकारहरूलाई पनि इलाका प्रहरी कार्यालयभित्र प्रवेश दिएको थिएन । मृतकका परिवारले शव बुझेका छैनन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्