
कोहलपुर । बाँकेको कोहलपुर चौराह र नेपालगञ्जको विपि चोकमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार (आज) प्रदर्शन गर्दैछ ।
जेनजीले बाँकेको चौराह र नेपालगञ्जको विपि चोकमा बिहान १० बजेदेखि प्रदर्शन लागेका हुन् । ‘देशभरी नै चलिरहेको आन्दोलन हो, हजारौं संख्यामा आउने कोहलपुर टुडेलाई जेनजी पुस्ताले जानकारी दिएका छन् ।
जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन् । उनीहरूले सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचरविरूद्ध प्रदर्शन गर्न लागेका हुन् ।
‘हामीले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने हो । बिहान ११ बजेतिर कार्यक्रम गर्नेछौं’ ती युवाले भने, ‘यसको आयोजक यही हो भनेर छैन । यसमा सानो सानो समूहसमूहमा साथीहरू भेला हुनुभएको छ ।’
प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्