ठेक्का सम्झौता : पेडारीमा पुल निर्माण




काेहलपुर। नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पुल निर्माण अगामि वैशाखभित्र सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । वर्षातको समय पश्चात निर्माण कार्य सुरु गरिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ ।

नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गते भित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित आठ करोड ९६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको हो ।नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाई र ३४।४ मिटर लम्बाईको छ । यसैगरी पुलको दुबैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिने छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले पेडारी नाला पुलको दक्षिणतर्फ खोलाको भागमाथि आएको र साँघुरो भएको भन्दै स्थानीय तहसँग सहकार्य गरी तटबन्धन र अन्य निर्माण कार्य अघि बढाउने जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार