Kohalpur Today Header Ads

‘कोशेढुंगा’को ट्रेलरमा प्रेमका लागि संघर्ष




काठमाडौं । चलचित्र ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा प्रेम, प्रेम पाउनका लागि गरेको संघर्ष, वियोग, जिन्दगीदेखि हरेस खाएर लिइने निर्णय छ । पैसाको रवाफ, प्रेम पाउन र बचाउन गरिएको संघर्ष ट्रेलेरमा देख्न सकिन्छ । ट्रेलरले चलचित्रको कथा भन्ने खुलाएको छैन ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदै छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार