माओवादी केन्द्रको नियमिति रक्तदान : २३ प्वाइन्ट रगत संकलन




कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुरले गठन गरेको नियमित रक्तदाता समूहले २३ प्वाइन्ट रगत संकलन गरेको छ ।

आइतबार कोहलपुर नगर समितिले तिन/तिन महिनाको अवधिमा रक्तदान गर्ने योजना अनुसार गत जेठ १ गतेदेखि ‘नियमित रक्तदाता समूह’ मार्फत रक्तदान अभियान सञ्चालन गर्दै आएको हो ।

समूहले रक्तसञ्चार इकाई कोहलपुरमा गरेको रक्तदान कार्यक्रम गरी २३ प्वाइन्ट रगत संकलन भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष बल बहादुर खड्का (अबिरल)ले जानकारी दिए ।

‘नियमित रक्तदान गर्ने रक्तदाताहरुको समुहले हरेक तिन/तिन महिनामा रक्तदान गर्ने गरी अभियान सञ्चालन ल्याएका छौं,’ उनले भने’ ‘समुहमा धेरै भन्दा धेरै रक्तदाताहरुलाई समेट्ने लक्ष्य राखिएको छ ।’ आगामी दिनमा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका सबै आमजनताहरु यस अभियानमा जोडिन खड्काले आग्रह गरेका छन् ।

रक्तदान कर्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, प्रदेश सल्लाहकार शेषकान्त शर्मा, पार्टी जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), नगर अध्यक्ष बल बहादुर खड्का लगाएतका नेता कार्यकर्ता तथा सुवेच्छुकहरुले रक्तदान गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार