रूसको कारखानामा भीषण आगलागी, चार जनाको मृत्यु




मस्को ।  रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान भीषण आगलागी हुँदा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् । क्षेत्रीय सञ्चालन मुख्यालयका अनुसार आगलागी बिहान करिब १०ः३० बजे (स्थानीय समयअनुसार) शिलोभ्स्की जिल्लाको एक उत्पादन कार्यशालामा भएको हो ।

घटनामा मृत्यु हुनेहरूको संख्या अझै पुष्टि भइरहेकाले विवरण संकलनको कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । यसअघि, रूसी समाचार संस्था आरआईए नोभोस्तीले आपतकालीन सेवाको हवाला दिँदै घटनास्थलमा बारुद विस्फोट भएको र त्यसका कारण तीन जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको प्रारम्भिक जानकारी दिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार