संघर्षशील नारीको कथा : बालबालिकालाई उत्प्रेरित





कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको मनकामना पब्लिक एकेडेमीले ‘विद्यार्थीसंग महिला नेतृत्व’ कार्यक्रम बाँकेको लागि नयाँ हो ।

बालबालिकाहरुको कलिलो र काचो दिमागमा संघर्षशील नारीहरुको कथाले नयाँ सोच, विचार, भावना थप गर्ने र उत्प्ररित गराउने उद्देश्यले तयार गरिएको कार्यक्रम हो ।

बिहिबार मनकामना पब्लिक एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश चापागाँईको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीको प्रमुख अथितिथ्यतामा ‘विद्यार्थीसंग महिला नेतृत्व’ कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा मनकामना पब्लिक एकेडेमीका प्रिन्सिपल नवकिरण शाहले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा मनकामना पब्लिक एकेडेमीका बालबालिकाहरुलाई क्रमशः कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी ‘शर्मा’, कोहलपुर नगरपालिका शिक्षा शाखाका अधिकृत शिला गौतम, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख अन्तिम सिजाली, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (प्रहरी नायव उपरिक्षक) लक्ष्मी खनाल, कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी र लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले आफ्ना संघर्ष, आत्मविश्वास, दृढसंकल्प लगायत उत्प्रेरित कथाहरु सुनाएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य अधिकारीले बाल्यकालमा भोगेका कठिनाई, राजनितिक क्षेत्रमा महिलाहरुको चूनौतीलाई पार गर्दै आएको विषयलाई जगजाएर गराउँदै बालबालिकाहरुलाई आफ्नो जायज मागहरुलाई पुरा गर्ने र आफ्नो भविष्यमा सफल बनाउन निकै संघर्ष गर्नुपर्ने बताइन् । अधिकारीले आफ्नो काम, कतव्र्य, अधिकारको बारेमा बालबालिकाहरुलाई जानकारी गराएकी थिइन् ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख तथा कार्यवहाक नगर प्रमुख संगिता सुवेदीले जेसिजमा आबद्धपश्चात आफ्नो जिम्मेवारी संगै राजनितिक क्षेत्रबाट उदाएको तितो यथार्त कथा सुनाएकी थिइन् । एउटा नारीले भोगेका र गर्नुपर्ने संघर्ष, दृढसंकल्प, योजना, अवरोधसंग जुझ्दै अगाडी बढिरहेको बेलामा एक्लै लड्नुपर्ने बताउँदै तत्कालिन उपप्रमुखको पदसम्म पुगेको कथा सुनाएकी थिइन् ।

यस्तै कार्यक्रममा कक्षा ८ की छात्रा जेशिका खडका र आर्जु घर्ति मगरले महिला नेतृत्वहरुका कथालाई आफ्नो जिवनसंग जोड्ने प्रतिबद्धता जनाएका थिए । किताब पढेर भन्दा जिवनका भोगाई र अनुभवबाट धेरै विषयहरु सिक्न सहज हुने उनीहरुको भनाई थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार