कोहलपुर नगरपालिका कक्षा १२ काे नतिजा : बागेश्वरी एकेडेमी र जन ज्ञानज्योति उत्कृष्ट




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०८१/०८२ को माध्यामिक तहको परिक्षामा कोहलपुर १० मा रहेको बागेश्वरी एकेडेमी र जन ज्ञानज्योति माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएको हाे ।

बागेश्वरी एकेडेमीले ९३.४४ प्रतिशत ल्याएको छ भने जन ज्ञानज्योति मावि कौशिलानगरले ३९.५८ प्रतिशत ल्याएको छ । कोहलपुर नगरपालिका भित्र माध्यमिक तह कक्षा १२ सञ्चालन भएका १९ वटा सामुदायिक र संस्थागत विद्यालय छन् ।

कोहलपुर नगर शिक्षा शाखाले सार्वजनिक गरेको सूचनाका आधारमा कोहलपुरमा सबैभन्दा कमजोर रामजानकी माध्यमिक विद्यालय रहेको छ। कोहलपुर नगरपालिकामा सबै सामुदायिक र संस्थागत विद्यालयहरु मध्ये सबैभन्दा कमजोर संस्थागत विद्यालय रामजानकी माविले ११.८१ प्रतिशत मात्र विद्यार्थी पास भएका छन् ।

सामुदायिकतर्फ त्रिभुवन माध्यमिक विद्यालयमा २९ प्रतिशत, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवारमा २७ प्रतिशत, राम माविमा २२ प्रतिशत, ज्ञानज्योति चप्परगौडीमा १५ प्रतिशत, लक्ष्मी माविमा १७ प्रतिशत, सगरमाथा ज्ञानकुञ्ज माविमा १५ प्रतिशत र कृष्ण माविमा १७ प्रतिशत उर्तिण भएका छन् ।

यस्तै संस्थागततर्फ ग्रिन पिस मावि ८५.७१ प्रतिशत, गोरखा यूनाईटेड पब्लिक स्कुल ८१.६, एभरेष्ट सैनिक ४३.० प्रतिशत, नमूना विद्या सदन ४१.८६ प्रतिशत, ब्राइटलाइट एकेडेमी ३५.१४ प्रतिशत, बालविद्या मन्दिर सेकेन्डरी स्कुल ३३.८४ प्रतिशत, डाइनामिक माध्यमिक विद्यालय २८.८० प्रतिशत, सेन्चुरी एजुकेशनल एकेडेमी २७.२७ प्रतिशत, तक्ष्यशिला एकेडेमी १९.३५ प्रतिशत र रामजानकी मावि विद्यालय ११.८ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार