
काेहलपुर । बाँकेको नेपालगञ्जमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीमाथि नै आक्रमण भएपछि भएको दोहोरो झडपमा एक भारतीय नागरिक घाइते भएका छन् भने प्रहरीले दुई भारतीयसहित चार जनालाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जानकारी दिए। उनीहरूको साथबाट १६५ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको छ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह र २६ वर्षीय भाइजन अन्सारी तथा भारतको बहराइच, रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन्। ब्युरोको टोलीले नेपालगञ्ज-४ मा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई रोकेर खानतलासी गर्न खोजेको थियो। सोही क्रममा उनीहरूले प्रहरी टोलीमाथि इँटा प्रहार गरी भाग्न खोजेका थिए।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, आत्मरक्षाका लागि र स्थितिलाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप हुँदा प्रहरी सहायक निरीक्षक नबिन कुमार शाही र सहित एक प्रहरी जवान घाइते भएका थिए भने उनिहरूको अवस्था सामान्य रहेको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरेहको छ ।
सो पश्चात प्रहरीले गोली चलाउनु परेको र प्रहरीले चलाएको गोली भारतीय नागरिक कार्त्तिककुमारको दायाँ खुट्टामा लागेको छ। घाइते कार्त्तिकलाई उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीले उनीहरूको साथबाट १६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ। पक्राउ परेका चारै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। नेलगञ्जमा कार्यरत भएदेखि लागुऔषध नियन्त्रण क्षेत्रमा सक्रिय शाही पछिल्लो समय यस्ता आपराधिक गतिविधि निर्मूल पार्न विशेष भूमिका खेल्दै आएका छन्। उनको नेतृत्वमा हालसम्म थुप्रै लागुऔषध सम्बन्धी कारबाही सफलतापूर्वक सम्पन्न भएका छन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्