कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु




धनगढी । कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको दुई वर्ष छ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो।

पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी एक दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार