डोल्पामा हिँउचितुवाको आक्रमणबाट २५ भेडा मरे




डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ मा पर्ने बडाखर्क लेकमा हिँउचितुवाको आक्रमणबाट २५ भेडा मरेको पीडित किसानले बताएका छन् ।

चरिचरनका लागि पाटनमा छाडेको बेला राति हिँउचितुवाले आक्रमण गरेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक यामबहादुर बस्नतले जानकारी दिए । उनका अनुसार मृत भेडामध्ये स्थानीय नरी थापाका ११, लक्ष्मी रोकायका ५ र पदम बुढाका ३ रहेका छन् । हरि केसीका ३ र बलबहादुर उखेडाका पनि ३ भेडा मृत भेटिएका छन् ।

पीडित किसानहरूले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार