Kohalpur Today Header Ads

अनलाइन मिडिया दर्ता र नविकरण प्रावधान विरुद्धको रिट माथि सुनुवाई गर्दै दुवै पक्षलाई कारण देखाउ आदेश




कोहलपुर ।  सूचना तथा प्रसारण विभागले प्रकाशन गरेको अनलाइन मिडिया दर्ता र नविकरण प्राधवधान विरुद्ध रिट माथि दुवै पक्षलाई कारण देखाउँ आदेश गरेको छ ।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालय मार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई कारण देखाउ आदेश गरेको हो ।

उक्त व्यवस्था विरुद्ध अधिवक्ता अनिल आचार्य, कानून खबरका प्रधान सम्पादक सुमन कुमार लुइटेल र बिड मिडियाका अध्यक्ष बिकल गिरीले संयुक्त रूपमा दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई कारण देखाउ आदेश सँगै अन्तरिम आदेशबारे छलफलमा बोलाएको छ ।
सर्वोच्च अदालतले रिटको मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश दिएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

रिटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, संघीय संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाइएको छ ।

निवेदकहरूले २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित “नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२” मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ ९ख० खारेज गर्न माग गरेका छन् । उक्त दफामा अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले तोकिएको दस्तुर सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र सो कार्यालयले “उपयुक्त देखे मात्र” दर्ता गर्ने प्रावधान छ ।

रिटमा यो व्यवस्था प्रेस स्वतन्त्रता र सूचनाको हकमा प्रत्यक्ष अतिक्रमण भएको दाबी गर्दै, सञ्चारमाध्यम दर्ता तथा नविकरणलाई स्थानीय अधिकारीको विवेकाधिकारमा राख्नु संविधानको धारा १९९१०, १९९२० र १९९३० को मर्मविपरीत भएको तर्क गरिएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार