
दैलेख । सुर्खेतबाट जुम्लाका लागि छुटेको फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा चालकसहित २३ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शुक्रबार बिहान १० बजे दुल्लु नगरपालिका-१ स्थित डुङ्गेश्वर बजार नजिकै उकालोमा गाडी दुर्घटनामा परेको हो।
कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको उक्त गाडीलाई चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ का २५ वर्षीय दया प्रसाद न्यौपानेले चलाएका थिए।
दुर्घटनामा परेका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा कालिकोट तिला गाउँपालिका-१ का ६५ वर्षीय मान बहादुर जिसी र ३५ वर्षीया मंगली बुढा रहेका छन्। उनीहरूको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।प्रहरीका अनुसार दुर्घटनामा घाइते हुने अन्यमा कालिकोट जिल्लाका विभिन्न ठाउँका यात्रुहरू रहेका छन्।
घाइते हुनेहरूमा तिला गुफा नगरपालिका-१ का १४ वर्षीय हिक्मत जिसी, खाँडाचक्र नगरपालिका-६ की १६ वर्षीया सिता शाही, सोही नगरपालिका-१ की १४ वर्षीया बिनिता शाही, शुभकालिका गाउँपालिका-६ की २६ वर्षीया माया रिजाल, ३८ वर्षीय दान बहादुर खत्री, ३९ वर्षीय जंग बहादुर रावत र ३६ वर्षीया ज्योति रावल रहेका छन्।
त्यस्तै, दैलेखको आठबिस नगरपालिका-६ का २६ वर्षीय पदम विक, अछामको विनायक नगरपालिका-१ का ५८ वर्षीय मट्टी कामी र २२ वर्षीया कौशी विक, पनि घाइते भएका छन्।
दुर्घटनामा जुम्लाको तिला गाउँपालिका-३ का २३ वर्षीय विशाल शाही, सोही गाउँपालिका-८ का १८ वर्षीय रतन रोकाय र वडा नम्बर-१६ का १६ वर्षीय विशाल शाही तथा तातोपानी गाउँपालिका-६ का २५ वर्षीय नरेश पराजुली घाइते भएका छन्
यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका-१२ की ३२ वर्षीया तुलसा थापा र रामेछापको सुनपाति गाउँपालिका-२ का ४० वर्षीय प्रेम कुमार तामाङ पनि घाइतेको सूचीमा छन्। दुर्घटनामा एक ४ वर्षीया बालिका मेलीना विक समेत घाइते भएकी छिन्। अधिकांश घाइतेहरूको अवस्था मध्यम तथा सामान्य रहेको प्रहरीले जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्