
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी युनिटहरूलाई सर्कुलर गरेको छ ।
प्रधान कार्यालयले पत्रकार सम्मेलन गर्दा वा सञ्चार माध्यममा सूचना पठाउँदा पक्राउ परेकाहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न भनेको हो ।
साउन ५ मा सर्कुलर जारी भएसँगै प्रहरी कार्यालयहरूले आरोपीको फोटो सार्वजनिक गर्न छाडेका छन् । असार १९ मा महान्यायाधिवक्ताको कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार प्रधान कार्यालयले सर्कुलर जारी गरेको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्