
काठमाडौँ । फाइल ‘होल्ड’ राख्ने, आफू अनुकूलका कर्मचारीहरूमा फाइल ट्रान्सफर गर्ने र सूचना प्रविधि प्रणालीको दुरुपयोग गरेर सेवाग्राहीलाई दुःख दिएको प्रकरणमा तीन जनालाई स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरण कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरीसहित तीन जनामाथि विभागीय कारबाहीको तयारी सुरु गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रार गिरीसहित सहायक रजिस्ट्रारद्वय रविन कार्की र भीमप्रसाद पराजुलीलाई सोधिएको हो ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा पछिल्ला दिनमा सेवाप्रवाहमा देखिएको ढिलाइ, अनियमितता र सेवाग्राहीहरूको गुनासो तीव्र रूपमा बढीरहँदा त्यस्ता कार्यमा संलग्न कर्मचारीहरूलाई कारबाही प्रक्रिया अघि बढिरहेका बेला एक पत्रकारलाई घुस दिन खोजिएको घटनाले थप सनसनी पैदा गरेको थियो । त्यससँगै मुख्यसचिव एकनारायण अर्यालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। उक्त निर्देशनपछि सचिव राउतले ती तीन अधिकारीहरूमाथि स्पष्टिकरण माग गरेका हुन्।
स्पष्टिकरण पत्रमा भनिएको छ, “सूचना प्रविधि प्रणालीको दुरुपयोग गरी सेवाग्राहीलाई दुस्ख दिइएको, ठूलो संख्यामा फाइलहरू होल्डमा राखिएको तथा आफू अनुकूलका कर्मचारीहरूलाई फाइल ट्रान्सफर गरिएको विषयमा के कसो भएको होर ? निजामती सेवा ऐन, २०४९ को दफा ६६ तथा निजामती सेवा नियमावली, २०५० को नियम ११० (क) अनुसार स्पष्टिकरण पेश गर्न आदेश गर्दछु।”
उद्योग मन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदनमा समेत यस्ता गतिविधिहरू सेवा प्रवाहमै बाधा पु¥याउने, अनियमितता बढाउने र सार्वजनिक प्रशासनको शुद्धता र जवाफदेहितामा प्रश्न उठाउने खालका रहेको उल्लेख गरिएको छ। समितिले प्रत्यक्ष प्रमाणसहितको विवरणसहित मन्त्रालयमा प्रतिवेदन बुझाएपछि स्पष्टीकरण मागिएको हो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्