
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ सार्वजनिक शैक्षिक गुठीद्धारा सञ्चालित कोहलपुर माध्यमिक विद्यालयमा ७ दिने नेतृत्व विकास तालिम सुरु भएको छ ।
आइतबार समाज सेवा संस्था नेपालको आयोजना तथा कोहलपुर माविको आर्थिक सहयोगमा ७ दिने नेतृत्व विकास तालिम सुरु भएको हो । कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा (अधिकारी)को प्रमुख अतिथि तथा समाज सेवा संस्थाका गुरू प्रसाद गडहरीयाको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष शर्माले अनुशासन सम्बन्धि नैतिक शिक्षा कार्यक्रमलाई वडाबाट बजेट विनियोजन गरेको बताए । बालबालिकाहरुलाई नेतृत्व विकाससंगसंगै अभिभावकलाई पनि नैतिक शिक्षाको समेत आवश्यकता छ, पछिल्लो समयमा अव्यवहारिक काममा बढि आकर्षित हुने र व्यवहारिक काममा कम आकर्षित हुन थालेपछि यो कार्यक्रम ल्याउन लागिएको अधिकारीले बताइन् ।

नेतृत्व विकास तालिममा कक्षा ६ देखि १० कक्षा सम्मका बालबालिकाहरुको सहभागिता रहेको थियो भने समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापा नेतृत्व विकास तालिमका मुख्य प्रशिक्षण हुन् ।
यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंख प्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झगु गिरी र सार्वजनिक शैक्षिक गुठी सञ्चालक समिति अध्यक्ष नारायण प्रसाद लम्सालले बालबालिकाको उर्जा थप गर्दै आफ्नो भनाई राखेका थिए । तालिम १२ गतेसम्म सञ्चालन हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्