दाङमा फ्नै गाडी ब्याक भएर च्यापिँदा युवकको मृत्यु




दाङ । दाङ देउखुरीको लमहीमा आफ्नै गाडी पछाडि गुडेर भएर च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा ओट लगाएको ढुंगा हटाउने क्रममा उनी च्यापिएका थिए । आज बिहान ६ बजेतिर गाडी पछाडि गुडेर बानियालाई च्यापेको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो । तर बिहान ६:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका लमही प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार