Kohalpur Today Header Ads

मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम नविकरण नगरेको भन्दै विरोध जनाउँदै आठ राजनैतिक दल




कोहलपुर । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आमा सुरक्षा कार्यक्रम नविकरण नगरेको भन्दै आठ राजनैतिक दलहरुले विरोध जनाएका छन् । कोहलपुर नगर पालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई भेट गरी विरोध जनाएका हुन् ।

नेपाल सरकारद्वारा लागूू गरिएको बिमा सुरक्षा (सुत्केरी सेवा) कार्यक्रम बन्द भएको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ३२ गते सूचना प्रकाशन गरेपछि आठ राजनैतिक दलहरुले गम्भीर ध्यानाकर्षण जनाउँदै विज्ञप्ती सार्वजनिक गरेका छन् ।

LIfe Ok

‘अवस्थामा आ.व.०८२/०८३ बाट उक्त आमा सुरक्षा (सुरत्केरी सेवा) कार्यक्रम स्थानिय सरकारको गैर जिम्मेवारपन र विकल्प बिना कार्यक्रम नविकरण नगरी सेवा सुचारु नहुनु दु:खद विषय हो ।’ विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रम सञ्चालनका लागि संघिय सरकारलाई स्थानिय सरकारका तर्फबाट अबिलम्ब सिफारिस गरी सो आमा सुरक्षा (सुत्केरी सेवा) कार्यक्रम सञ्चालनका लागि माग गर्दै कोहलपुर क्षेत्रमा रहेको मेडिकल कलेजले यस क्षेत्रका जनतालाई सर्वसुलभ र सहज स्वाथ्य सेवा उपलब्ध गराउनका लागि आग्रह गरेका छन् ।

कोहलपुर नगरपालिका प्रमुख आचार्यले आमा सुरक्षा (सुत्केरी सेवा) कार्यक्रम नविकरण नहुनु र त्यहाँ भएका समस्या अबको विकल्पका बारेमा आज (साउन २ गते) कोहलपुर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्ने जानकारी समेत दिएका छन् ।

यस्ताे छ विज्ञप्ती

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार