
काठमाडौं । आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ ।
पर्वका अवसरमा अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आज सार्वजनिक बिदा दिएको हो ।
यसअघि पनि कर्णालीमा साउन १ गते सार्जनिक बिदा दिने गरिएको थियो । माथिल्लो कर्णालीमा साउने सङ्क्रान्ति र देउडा दुवै विशेष रुपमा मनाउने गरिन्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्