Kohalpur Today Header Ads

यूरो स्कुलमा निःशुल्क सुन्दर हस्तलेखन तालिम




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको यूरो स्कुल कोहलपुरमा सुन्दर हस्तलेखन तालिम दिइएको छ ।

आइतबारदेखि सुरु भएको सो तालिममा यूरो स्कुलका एल.के.जी देखि पाँच कक्षासम्मका बालबालिकाहरुलाई निःशुल्क सुन्दर हस्तलेखन तालिम सुरु गरेको छ ।

LIfe Ok

यूरो स्कुल कोहलपुरका संस्थापक कमल पछाईले सानैदेखि धेरै क्यूरिसिटि हुने भएकोले सानोमा सिकाएका विषयबस्तुहरु निकै प्रभावकारी हुने भन्दै निःशुल्क सुन्दर हस्तलेखन तालिम प्रदान गरेको बताए ।

‘सानैबाट नै उनीहरुको हस्तलेखन क्षमता बृद्धि गर्नुपर्छ’, उनले भने, ‘उनीहरुमा धेरै भन्दा धेरै क्यूरिसिटि हुन्छ जसले सिकाईमा सहज हुन्छ ।’

आमा बुवाले ठुलो भएपछि आफै लेख्न सक्छ तर सानोमा नै किन सिकाउनुहुन्छ तर होइन सानोमा नै हस्तलेखन सिप भयो भने सुन्दर हस्तलेखन गर्न सफल हुने संस्थापक पछाईले बताए ।

हरेक कक्षा कोठामा एसीसहित कोठाहरु रहेका छन् भने एउटा कक्षा कोठामा २४ जना विद्यार्थी मात्र राखेर अध्ययन अध्यापन गराइने पछाईले बताए । पछाईका अनुसार हरेक कक्षा कोठामा डिजिटल बोर्ड मार्फत अध्ययन अध्यायपन गराइरहेका बताए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार